जीवन रक्षा कोषलाई प्रभावकारी बनाउँछौंः मुख्यमन्त्री

कोरानाबाट मारमा परेको साना उद्योगी व्यवसायीलाई लक्षित गरी ल्याइएको जीवन रक्षा कोषलाई प्रभावकारी बनाउने दृढता गण्डकी प्रदेश सरकारले व्यक्त गरेको छ । कोरोनाले झण्डै डेढवर्षसम्म व्यापार व्यावसाय ठप्प प्राय छ ।...

सम्बन्धित सामग्री

सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा: प्रदेश प्रमुख शेरचन

लुम्बिनी, १० माघ: लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना सङ्क्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिएका छन् । उनले कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिएका हुन् । उनले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरेको छलफलमा मुख्यमन्त्री कुलप्रसाद […]

‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा’

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना सङ्क्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिएका छन् । उनले कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिएका हुन् । उनले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरेको छलफलमा मुख्यमन्त्री कुलप्रसाद केसी, […]

विकास निर्माणका कामहरु स्थगित गरेर भए पनि नागरिकको जीवन रक्षा गरौँ : शेरचन

लुम्बिनी प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा प्रदेश प्रमुख अमिक शेरचनले यसको रोकथाम तथा नियन्त्रणमा भइरहेको प्रयासप्रति चासो देखाएका छन् ।प्रदेश प्रमुख शेरचनले आइतबार मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख, प्रदेशका मन्त्रीहरु, स्वास्थ्य मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालयमा बोलाएर कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका व्यवस्थामा भइरहेका प्रयासबारे चासो देखाएका हुन् ।प्रदेश प्रमुख शेरचनले पर्याप्त मात्रामा पीसीआर परीक्षण नभएको, सिर

वागमती सरकारको न्युनतम साझा कार्यक्रम : चैतभित्र सबैलाई खोप

१६ मंसिर, काठमाडौं । वागमती प्रदेशको सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । वागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले बिहीबार मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई वागमती प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम बुझाएको छ । न्युनतम साझा कार्यक्रममा प्रदेश सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट प्रदेशबासी नागरिकको जीवन रक्षा गर्नु रहेको उल्लेख गरिएको छ । […]

निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सोमबार पोखरा उद्योग वाणिज्य संघले गरेको बधाइ तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन् । आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्नेमा उनले जोड दिए । ‘लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार गर्दै  सहकार्य गर्न तयार छौं,’ उनले भने । मुख्यमन्त्री पोखरेलले युवालाई उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रदेश सरकारले ‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकतामा राखेको बताए । उनले व्यवसाय र उद्योगसँग अहिले प्रविधि जोडिएको बताउदै प्रविधिकै कारण लागत मूल्य कम पर्ने भएकाले उपभोक्ता अनुकूल मूल्यमा सामान प्राप्त गर्न सक्ने भनाइ राखे । कोरोनाबाट थलिएका साना व्यवसायीका लागि ल्याइएको जीवन रक्षा कोषलाई थप प्रभावकारी बनाएर लगिने उनले जानकारी दिए । प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तरगतका वार्षिक कार्यक्रमलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न सरकारले काम थालिसकेको उनले बताए । मुख्यमन्त्री पोखरेलले सरकारले बजेट व्यवस्था गरेर आवश्यक खोप खरिद गर्ने प्रयत्न भइरहेकाले प्राथमिकता र मागअनुसार खोपको व्यवस्थापन गरिने बताए । तुलनात्मक रूपमा लाभ र प्रतिस्पर्धात्मक क्षमताका क्षेत्र पहिचान गरी पर्यटन विकास, पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमा टेवा पुग्ने गरी लगानी आकर्षित गर्न सके मात्र जनताको विकासको चाहना पूरा गर्न सकिने उनको धारणा छ । उत्तरको कोरोला र दक्षिणको त्रिवेणी नाका खुलाएर अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्न संघीय सरकारसँग सहयोग मागिरहेको उनले बताए । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले प्रतिकूल समय व्यवसायीको बाध्यता आफूले बुझेको बताए । २१ अर्ब केन्द्रको अनुदान हुँदा ३० अर्बको बजेट ल्याउनुपर्ने वाध्यता औंल्याउँदै आन्तरिक राजस्व वृद्धि नगर्दासम्म प्रदेशमा ठूला परियोजना परिकल्पना गर्न नसकिने उनको भनाइ थियो । अर्थमन्त्री रामजी बरालले निजी क्षेत्रलाई साथमै लिएर अघि बढ्ने विश्वास दिलाए । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले व्यवसायीलाई खोप दिने व्यवस्था गर्न लागिएको जानकारी दिए । कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापाले सरकार आफैंले व्यापार व्यवसाय गर्न नसक्ने भएकाले निजी क्षेत्रका लागि सहज वातावरण बनाउनुपर्ने बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले समावेशिताका आधारमा विकास गर्नुपर्नेमा जोड दिइन् । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्रदेश राजधानी पोखराको समग्र विकासका लागि सरकारलाई थप क्रियाशील हुन सुझाए ।

विमलालाई मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाएको माओवादीको आरोप

१९ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको माओवादी केन्द्रले आरोप लगाएको छ । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न र उनको जीवन रक्षा गर्न माग गर्दै घटनाको गृह मन्त्रालयमार्फत उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ । पूर्वमन्त्री एवम् […]

स्वास्थ्य क्षेत्रमा बजेट अभाव हुँदैन– मुख्यमन्त्री नेपाली

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशवासीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक कार्यक्रमलाई बिहीवार राजधानीमा सम्बोधन गर्दै उनले कोरोना महामारीमा नागरिकको जीवन रक्षा गर्न बजेटको अभाव नरहने स्पष्ट पारे ।उनले भ...

गण्डकीमा ‘व्यवसाय जीवन रक्षा कोष’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारले ‘व्यवसाय जीवन रक्षा कोष’ सञ्चालनमा ल्याएको छ । सो सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल राष्ट्र बैंक पोखराबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । कोरोना भाइरस (कोभिड–१९) चपेटामा परेका उद्योग व्यवसाय पुनः सञ्चालनमा ल्याई अर्थतन्त्र चलायमान बनाउन सरकारले व्यवसाय जीवन रक्षा कोषअन्तर्गत कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको हो । कोरोनाबाट प्रभावित कृषि उद्यम, उत्पादनमूलक उद्योग तथा पर्यटन लगायत सेवामूलक व्यवसाय जोगाउन, टिकाउन र सञ्चालन गर्न जीवन रक्षा कोष सञ्चालनमा ल्याइएको हो । ...