ढुंगेधाराको तरकारी बजारमा आगलागी, ७० स्टल जल्यो

काठमाडौं । काठमाडौंको वनस्थलीस्थित ढुंगेधारामा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ । बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ । काठमाडौं महानगरपालिका–१६, वनस्थलीनजिकै रहेको ढुंगेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी...

सम्बन्धित सामग्री

योजना एउटा, काम अर्कै : एकीकृत फलफूल तथा तरकारी थोक बजारमा साप्ताहिक हाट

विराटनगर । १७ करोड रुपैयाँ लागतमा संघीय कृषि मन्त्रालयले मोरङको कटहरी गाउँपालिका–१ मा आधुनिक तरकारी तथा फलफूल थोक बजार बनाएको ५ वर्ष बित्यो । उक्त स्थानमा अहिले थोक बजारको साटो साप्ताहिक शनिवारे र बुधवारे हाट लाग्ने गरेको छ । उद्देश्य एउटा र प्रयोग अर्कै किसिमको हुन थालेको छ ।  संघीय सरकार कृषि मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना (फ्याक्ट) अन्तर्गत निर्माणाधीन अत्याधुनिक फलफूल तथा तरकारी बजार सञ्चालन गर्न नसक्दा साप्ताहिक हाटमा रूपान्तरण भएको हो । निर्माण भएर प्रदेश सरकारलाई हस्तान्तरण भएका संरचनाको सदुपयोग हुन नसकिरहेको बेला कटहरी गाउँपालिकाले साप्ताहिक हाट लगाउन शुरू गरेको हो । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले २०८० जेठ ३ गते प्रदेश सरकारका तत्कालीन कृषि, उद्योग तथा सहकारीमन्त्री भक्ति सिटौला, सचिव मेघनाथ तिम्सिना र महाशाखा प्रमुख पशुपति पोखरेलसँग सहमति गरेर प्रयोगविहीन संरचना गाउँपालिकाले प्रयोग गर्न थालेको बताए ।  निर्माण सम्पन्न संरचनाको २०७५ चैत ३ गते उद्घाटन गर्दै संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । विराटनगर बजार क्षेत्रको गुद्री बजार स्थानान्तरण गर्ने योजनासहित निर्माण गरिएको संरचनामा व्यापारी जान मानेनन् । विराटनगर–२ र कटहरी–१ को सीमा जोडिएको स्थानमा संरचना निर्माण भए पनि व्यापारीले नयाँ तरकारी बजार स्थापना गरेर सरेका थिए । नयाँ बनेको संरचनामा व्यापारी जान नमानेपछि प्रदेश सरकारले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघलाई बजार सञ्चालन गर्न दिएको थियो ।  कोशी प्रदेशका ३६ सहकारी संस्थाले १ करोड २३ लाख रुपैयाँ शेयर लगानीमा स्थापना गरेको सहकारी अहिले डुबेको छ । पाँच बिगाहा दुई धुर क्षेत्रफलमा थोक तथा खुद्रा बजारका लागि व्यवस्थित संरचना निर्माण गरिएका छन् । प्रशासनिक भवन, ३२ ओटा थोक तरकारी तथा फलफूल पसल र ३२ ओटा खुद्रा पसलका स्टल संरचना, क्यान्टिन, हेल्थ क्लिनिक, म्यानेजर क्लस्टर, सार्वजानिक शौचालय, नापतौल मेशिन, लोड–अनलोड क्षेत्र, डिप ट्युबवेल, सीसीटीभी, जेनेरेटर र सोलार समेतको सुविधा छ । यसैगरी गोदाम घर, बैंक घर, सुरक्षाकर्मीका लागि संरचनासमेत निर्माण गरिएको थियो । दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल सुरक्षित गरेर विक्री गर्नसक्ने क्षमता छ । अध्यक्ष चौधरीले गाउँपालिकाभित्र निर्माण भएको संरचना प्रयोगविहीन भएपछि त्यहाँ हटिया सञ्चालन गर्न थालेको बताउँदै आगामी चैत १५ गते कृषि मेला लगाउने तयारी भइरहेको जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँगको सहकार्यमा कृषि उत्पादन प्रवर्द्धन मेला आयोजना गर्ने तयारी भइरहेको उनले बताए ।

कृषिमन्त्रीद्वारा तरकारी बजारमा अनुगमन

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गर्नुभएको छ । आज कालीमाटीस्थित तरकारी बजार पुगेर उहाँले वस्तुस्थितिबारे जानकारी लिनुभयो ।          मन्त्री अर्यालले तरकारी बजारको ‘स्टल’ र सरसफाइ कार्यलाई व्यवस्थित गर्नका लागि कार्यतालिका र कार्यान्वयनको अवस्था लिएर चाँडै मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिनुभयो । फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै उहाँले मन्त्रालय र बजार समितिबीच छलफल गरी तत्काल एउटा निष्कर्षमा जानेसमेत बताउनुभयो ।          मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउँदै उहाँले किसानको पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने वातावरण निर्माण गरिने बताउनुभयो । बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरण व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको सुनिश्चित सरकारले गर्ने बताउनुभयो ।

कृषि बजारमा किसानलाई ६० प्रतिशत स्टल

किसानले उत्पादन गरेको वस्तु बिक्रीको ग्यारेन्टी हुने गरी कलंकीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याइएको छ ।

अब कालिमाटी तरकारी बजारमा किसानका स्टल रहने

कालिमाटी फलफुल तथा तरकारी बजारमा अब किसानका स्टल समेत रहने भएका छन्। हाल बजारमा व्यापारीका मात्रै स्टल रहँदा उपभोक्तालाई बढी मूल्य पर्ने गरेको तर किसानले उचित मूल्य नपाउने समस्या रहेपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानका स्टल रहने व्यवस्था गर्न लागेको हो।