कोका–कोलाले नेपालमा प्लास्टिक पुनः प्रयोग गर्ने प्रतिबद्धता दोहोर्‍यायो

जेठ २३, काठमाडौं । कोका–कोलाले नेपालमा प्लास्टिक पुनः प्रयोग ​गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । वल्ड विथआउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाउँदै कोका–कोलाले सो प्रतिबद्धता  गरेको हो । साथै कोकले विश्वकै एक मध्येको सबैभन्दा ठूलो हिमाल सफाई कार्यक्रमको दोस्रो संस्करण ‘सफा हिमाल अभियान २०२१’ को समापनको घोषणा पनि गरेको छ । कम्पनीले अभियानको क्रममा २७ हजार ६७१ किलोग्राम फोहोर, चार ओटा मृत शरीर र एउटा मानव अवशेष सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र अमादब्लम जस्ता छ ओटा हिमालहरूबाट संकलन गरिएको र थप सेग्रिगेशन र रिसाइक्लिङ (पुनः प्रयोग) को लागि काठमाडौंस्थित अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको पनि बताएको छ । हिमाल सफा अभियानका निर्देशक तथा ब्रिगेडियर जनरल हिमांशु खड्काले नेपाली सेनाको नेतृत्वमा र नेपाली सरकारको पहलमा  सफा हिमाल अभियान २०२१ को २७ दशमलव ६ टन फोहोर र चार ओटा शवहरु सफलतापूर्वक विभिन्न हिमालहरुबाट निकालिएका निकालिएको बताए ।  नेपाली सेनाको नेतृत्वमा कोका–कोला र अन्य बहु–सरोकारवालाहरुको सहयोगमा हिमालहरुको संरक्षण र छ ओटा उच्च चुचुराहरुको सफा गरी जलवायु परिवर्तनको प्रभावलाई पनि कम गर्नु रहेको अभियानमा संलग्नहरुको भनाइ छ । कोका–कोलाले प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्देश्यले सन् २०१९  मा स्थापना भएदेखि हिमालय सफाई अभियानलाई सहयोग गर्दै आएको छ । नेपालमा कम्पनीले स्थानिय पहुँचलाई प्रयोग गरेर विश्वव्यापी दृष्टिकोण र लक्ष्य हासिल गर्ने प्रयास गरिरहेको छ । साथै उसले बोटलिङ पार्टनर, सरकार, गैरसरकारी संस्था, उद्योगका साथीहरु र स्थानीय समुदायहरूलाई डिजाइन–कलेक्ट–पार्टनर फ्रेमवर्क प्रयोग गरेर दीर्घकालीन साझेदारी निर्माण गर्न पहुँच विस्तार गरिरहेको छ ।  बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेका अनुसार फोहोर व्यवस्थापनको क्षेत्रमा जिम्मेवारी व्यवस्थापनको चुनौतीलाई आवश्यक पर्ने गति प्रदान गर्न र पीईटी बोतलहरु रिसाइकल गर्न पहल भइरहेको छ । उनले  हिमाल सफाई अभियान र रणनीतिक स्थानहरुमा सचेतनामूलक पीईटी संकलन बिनहरुको स्थापना जस्ता विभिन्न कार्यक्रमहरु मार्फत समुदायमा फोहोर अलग्याउने, प्याकेजिङ र रिसाइकल सम्बन्धी जागरुकता सृजना गरेको बताए । नेपालका लागि कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले यो कार्यक्रम वल्ड विथआउट वेस्ट नेपालको एक प्रमुख कार्यक्रम भएको र प्याकेजिङ डिजाइनलाई पुनर्विचार गर्ने र प्रयोग गरिएको प्याकेजिङ संकलन गर्ने र रिसाइकल भएको सुनिश्चित गर्न सँगै काम गर्ने बताए ।  अभियानमा व्रिmयसन, डब्लूडब्लूएफ नेपाल, हिमालयन क्लाइमेट इनिसियटिभ(एचसीआई),नेपाल युवा परिषद र अन्य जस्ता स्थानीय र अन्तरराष्ट्रिय संस्थाहरुसँग साझेदारी रहेको कम्पनीले बताएको छ ।

सम्बन्धित सामग्री

पौने दुई खर्ब लगानी प्रतिबद्धता

काठमाडौं, वैशाख २४ ।  चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालका विभिन्न क्षेत्रका उद्योगधन्दामा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गत साउनदेखि चैत महिनासम्मको अवधिमा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको हो। यो प्रतिबद्धता स्वदेशी तथा विदेशी लगानीकर्ताबाट संयुक्त रूपमा आएको हो। उद्योग विभागमा साउनदेखि चैतसम्मको ९ […]

आधाले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता आधाले घटेको छ । उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यो अवधिमा वैदेशिक लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको विभागले जनाएको छ ।विभागका वैदेशि

एमाले गण्डकीको पुरानै प्रतिबद्धता

नेकपा एमाले गण्डकी प्रदेशले पुरानै प्रतिबद्धता दोहो¥याएको छ। आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुरानै प्रतिबद्धता दोहो¥याउँदै ‘प्रतिबद्धता पत्र’ सार्वजनिक गरेको हो।...

जनार्दन शर्माद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

जनार्दन शर्माद्वारा प्रतिबद्धता पत्र सार्वजनिकवाम लोकतान्त्रिक गठबन्धनबाट रुकुम (पश्चिम) जिल्लाका साझा उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिको लागि गठबन्धन’ नारासहित उनीहरूले अपिल र प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।रुकुम पश्चिमबाट प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मा उम्मेदवार रहेका छन् भने प्रदेशसभा ‘क’ मा महेन्द्र केसी र प्रदेशसभा ‘ख’ मा राजकुमार शर्मा उम्

विवेकशील साझा पार्टीले सार्वजनिक गर्‍यो प्रतिबद्धता

विवेकशील साझा पार्टीले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत विवेकशील साझाले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो ।

गतवर्ष लगानी प्रतिबद्धता दोब्बरभन्दा धेरै

काठमाडौं, साउन ५ । कोभिड–१९ को संक्रमण कम भएपछि नेपालमा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता बढेको देखिएको छ । अघिल्ला २ वर्षमा खुम्चिएको लगानी प्रतिबद्धता आर्थिक वर्ष (आव) २०७८/७९ मा अघिल्लो वर्षको दाँजोमा करीब १२० प्रतिशतले बढेको छ । उद्योग विभागका अनुसार गत आवमा अघिल्ला २ वर्षको तुलनामा लगानी प्रतिबद्धता उक्त मात्रामा बढेको हो । […]

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले बुधवार यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरक्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहितापालना गर्ने प्रतिबद्धता जनाएका हुन्।...

आत्महत्या रोकथामका लागि प्रतिबद्धता

तनहुँको देवघाट गाउँपालिका–५ का बासिन्दाले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाएका छन् । इलाका प्रहरी कार्यालय देवघाटले बिहीबार आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले आत्महत्या रोकथाम र नियन्त्रणका लागि प्रतिबद्धता जनाएका हुन् । सो क्रममा ३०० भन्दा बढीले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् । स्थानीयवासीले ‘जीवनमा आइपर्ने हरेक कठिन परिस्थितिको सामना गर्नेछु तर आत्महत्या गर्ने […]

नेपाललाई सघाउने प्रतिबद्धता

काठमाडौँ । दक्षिण एसियाका लागि विश्व बैङ्कका उपाध्यक्ष हार्टविग सेफरले कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्न नेपाललाई सघाउने प्रतिबद्धता दोहोर्‍याएका छन्। पाँच दिने नेपाल भ्रमण सम्पन्न गरी फर्किएपछि विश्व बैङ्कले जारी गरेको विज्ञप्तिमा उक्त प्रतिबद्धता दोहोर्‍याइएको उल्लेख छ । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका थिए । त्यस […]

उद्योगमा लगानीको प्रतिबद्धता घट्दै

काठमाडौं। पछिल्ला चार आर्थिक वर्षमा नेपालका उद्योगमा हुने लगानी प्रतिबद्धता क्रमशः घट्दै गएको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कूल १ खर्ब १८ अर्ब प्रतिबद्धता प्राप्त भएको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ५३ अर्ब रूपैयाँको २०७४/७५ मा ३ खर्ब ५१ अर्ब रूपैयाँ र २०७५/७६ मा २ खर्ब ८३ अर्ब रूपैयाँ लगानी प्रतिबद्धता भएको थियो।