प्रिक्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो आज, ब्राजिल र पोर्चुगललाई अपराजित रहने चुनौती

दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबारदेखि समूहगत चरणका खेलहरु सकिँदैछन्। समूहगत चरणको अन्तिम दिन  प्रिक्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्ने छ। समूह जीअन्तर्गत ब्राजिलले क्यामरुन र स्वीट्जरल्यान्डले सर्बियासँग खेल्दै छ। यस्तै समूह एचमा पोर्चुगलले दक्षिण कोरिया तथा उरुग्वेले घानासँग प्रतिस्पर्धा गर्ने छ। ब्राजिल र पोर्चुगल अघिल्ला दुवै खेल जितेर नकआउट चरण पुग्ने पक्का भइसकेको […]

सम्बन्धित सामग्री

विश्वकप फुटबलमा क्वाटरफाइनलकाे पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार

फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आज बिहान पोर्चुगल र स्विट्जरल्यान्डबीच अन्तिम–१६ को खेलसँगै क्वाटरफाइनलमा पुग्ने ८ वटा टोलीको टुंगो लागेको हो ।कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार खेल हुनेछ । यो खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।त्यस्तै दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बज...

कतार विश्वकपको क्वाटरफाइनल समीकरण पूरा

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप – २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै ८ टोलीको टुंगो लागेको हो । साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् । नेदरल्यान्डस्ले अमेरिकालाई ३–१, […]

फिफा विश्वकप फुटबल : क्वार्टर फाइनल समीकरण पूरा

काठमाडौं : फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।गएराति पोर्चुगल र स्विट्जरल्याण्डबीचको खेल सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।यो पटकको विश्वकप फुटबलमा फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स, इंग्ल्याण्ड, पोर्चुगल र मोरक्को अन्तिम आठमा पुगेका छन्। यीमध्ये फ्रान्स साविक विजेता हो भने क्रोएसिया साविक उपविजेता।शुक्रबार हुने पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रोमा अर्जेन्टिना र नेदरल्य

नकआउट चरण समीकरण पूरा, कुन टिमले कोसँग खेल्दैछन् ? (तालिकासहित)

१७ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्डको खेलपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको हो । सर्बियालाई ३-२ ले हराउँदै समूह उपविजेता बनेको स्वीटजरल्याण्ड अन्तिम १६ मा पुग्ने अन्तिम टोली बन्‍यो […]

समूह चरणका खेल सकिँदै, नकआउट पुग्ने अन्तिम चार टिमको टुंगो लाग्दै

विश्वकप फुटबलमा शुक्रबारबाट समूह चरणका खेलहरु सकिँदै छन्। प्रतियोगितामा समूह ‘जि’ र ‘एच’का अन्तिम खेल शुक्रबार सम्पन्न भएसँगै कतार विश्वकपमा समूह चरणका खेलहरु सकिने छन्। विश्वकप फुटबलमा शुक्रबार घाना र उरुग्वे प्रतिस्पर्धा गर्दा दक्षिण कोरिया र पोर्चुगल राति ८ः४५ मा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, क्यामरुन र ब्राजिल तथा सर्विया र स्वीट्जरल्यान्ड मध्यरात १२ः४५ मा भिड्ने छन्। […]

यी फुटबलका शक्तिराष्ट्र कतार विश्वकपमा हुनेछैनन्

एजेन्सी, १८ चैत्र । कतारमा यसै वर्षको हिउँदमा हुने विश्वकप फुटबलमा २९ टोलीको टुंगो लागिसकेको छ । बाँकी ३ टोलीको पनि प्ले अफ म्याचबाट चाँडै टुंगो लाग्नेछ । विश्वकपको तयारीमा टोलीहरु लागिसकेका छन् । यसपटक पाँच पटकको विश्वकप विजेता ब्राजिल, चार पटकको विजेता जर्मनी, दुई पटकको विजेता अर्जेन्टिना, फ्रान्स, उरुग्वे लगायत सबैजसो विश्वकप विजेता देशहरु […]

टोकियो ओलम्पिक : पुरुष फुटबल फाइनलमा स्पेन र ब्राजिल भिड्ने

काठमाडाैं : टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको फाइनलमा ब्राजिल र स्पेन भिड्ने भएका छन्। मंगलबार सम्पन्न सेमिफाइनलमा ब्राजिलले मेक्सिको तथा स्पेनले जापानलाई पराजित गरेपछि स्वर्णका लागि भिड्ने टिमको टुंगो लागेको हो।मंगलबार भएको सेमिफाइनलमा मेक्सिको यु-२३ टिमलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै ब्राजिलले स्वर्ण भिडन्तमा स्थान पक्का गरेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समयको ३० मिनेटमा दुवै टिमले गोलरहित खेलेका थिए।ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिको भने सुरुवाती दुई प्र

कोपा अमेरिका: सेमिफाइनलमा ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्ने

एजेन्सी।कोपा अमेरिका कप फुटबलको सेमिफाइनलको समीकरण पूरा भएको छ।आइतबार बिहान क्वाटर फाइनलका दुई खेल सम्पन्न भएसङै अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको छ।अब प्रतियोगिताको सेमिफाइनलमा साबिक विजेता ब्राजिलले पेरुको र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ।ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई, पेरुले पाराग्वेलाई, कोलम्बियाले उरुग्वेलाई र अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेका हुन्।६ जुलाईमा ब्राजिल र पेरु तथा ७ जुलाईमा अर्जेन्टिना र कोलम्बियाबीच सेमिफाइनल खेल हुनेछ।