काठमाडाैं : टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको फाइनलमा ब्राजिल र स्पेन भिड्ने भएका छन्। मंगलबार सम्पन्न सेमिफाइनलमा ब्राजिलले मेक्सिको तथा स्पेनले जापानलाई पराजित गरेपछि स्वर्णका लागि भिड्ने टिमको टुंगो लागेको हो।मंगलबार भएको सेमिफाइनलमा मेक्सिको यु-२३ टिमलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै ब्राजिलले स्वर्ण भिडन्तमा स्थान पक्का गरेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समयको ३० मिनेटमा दुवै टिमले गोलरहित खेलेका थिए।ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिको भने सुरुवाती दुई प्र