मौकामा चौका हान्दै उद्योगीले बढाए चिनीको मूल्य

सरकारी चिनी गोदाममा रित्तिन थालेपछि उद्योगीहरुले चिनीको फ्याक्ट्री मूल्य बढाएका छन् । जानकारका अनुसार मासिक औषतमा ३० हजार टन चिनी चाहन्छ ।  साल्ट ट्रेडिङसँग अहिले १ हजार टन जतिमात्रै स्टक भएपछि होलसेललाई बिक्री बन्द गरिएको छ । सोही मौकामा उद्योगीहरुले मूल्य बढाएको खबर कान्तिपुरले छापेको छ । उनीहरुले गेट फ्याक्ट्री मूल्य २ रुपैयाँ अर्थात यससँगै यसअघि प्रतिकिलो ७८ रुपैयाँ पर्ने चिनीलाई ८० रुपैयाँ परेको होलसेल व्यवसायीहरुले बताएका छन् । यसले खुद्रा बजारमा मूल्य थप बढ्नेछ ।    

सम्बन्धित सामग्री

उद्योगीले बढाए चिनीको मूल्य किलोमै ६ रुपैयाँ

२४ पुस, काठमाडौं । अवैध रुपमा भारतबाट भित्रिने चिनीमा सरकारले कडाइ थालेसँगै बजारमा चिनीको मूल्य बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार एक साताको बीचमा नेपाली चिनी उद्योगीले चिनीको मूल्य किलोमै ६ रुपैयाँले बढाएका छन् । होलसेलमा ८० रुपैयाँ किलोमा पाइने नेपाली चिनीको मूल्य आइतबारदेखि ८६ रुपैयाँ पुर्‍याइएको छ । चिनी तस्करी बढेको भन्दै सरकारले […]

चिनी उद्योगीले आफूखुशी बढाए मूल्य

जेठ २०, विराटनगर । भारतले चिनी निकासीमा प्रतिबन्ध घोषणा गरेपछि नेपालका चिनी मिलहरूले आफूखुशी मूल्य बढाएका छन् । साताअघि भ्याटसहित ८५ रुपैयाँ किलोमा चिनी बेचिरहेका उद्योगहरूले अहिले ९० रुपैयाँ लिन थालेका हुन् । इस्टर्न सुगर मिलका बजार प्रबन्धक वीरेन्द्रकुमार साहले अहिले भ्याटसहित ९० रुपैयाँ किलोमा चिनी विक्री गरिरहेको बताए । साताअघि ८५ रुपैयाँ किलोमा बिक्री गरेको तर बजारको अवस्था हेरेर मूल्य घटबढ हुन सक्ने उनले बताए ।  सरकारले स्वदेशी उद्योगको उत्पादन बजारमा आएको भन्दै चिनीको एलसी खोल्न रोक लगाएको छ । खाद्य सुरक्षाका लागि भारतले २ महीनालाई चिनी निकासीमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपालका चिनी मिलहरूले आफूखुशी किलोमा ५ रुपैयाँ मूल्य बढाएको आयातकर्ताको दाबी छ । चिनी आयातकर्ताहरूले सरकारले उद्योग बचाउने नाममा उद्योगीलाई मनपरी गर्न दिएको आरोप लगाएका छन् । सरकारले उखुको मूल्य तोक्ने तर चिनीको मूल्य नतोकिदिनाले चिनी मिलहरूले बजारको अवस्था हेरेर ‘कार्टेलिङ’गर्ने गरेको उनीहरूको दाबी छ । दुई दशक चिनी उद्योगमा काम गरेका चिनी आयातकर्ता नवरतन लुनियाँले सरकारले एलसी खोल्न नदिएको कारण असारपछि चिनीको मूल्य प्रतिकिलो सय रुपैयाँभन्दा माथि पुग्ने चेतावनी दिए । नेपालको उत्पादनले ५ महीना मात्र धान्ने र बाँकी विदेशबाटै ल्याउनुपर्ने बाध्यता छ । सरकारले चिनीको एलसी खोल्न रोके पनि तस्करी भएर पर्याप्त चिनी आइरहेको उनले दाबी गरे । भारतमा ५६ रुपैयाँ किलोमा चिनी पाइन्छ । नेपालमा खुद्रामूल्य ९० रुपैयाँ छ । एक किलो चिनीमा ३४ रुपैयाँ मार्जिन रहेकाले खुला सीमाको फाइदा उठाउँदै दैनिक ठूलो परिमाणमा चिनी अवैधरूपमा नेपाल भित्रिरहेको लुनियाले बताए । सरकारले उद्योगीलाई जेसुकै गर्न छूट दिएर उपभोक्तालाई मारमा पार्ने काम गरेको अर्का व्यवसायी जीवन रिजालले बताए । ‘एलसी खोलेर चिनी ल्याउँदा उपभोक्ताले हाल चिनी मिलले दिइरहेको भन्दा झन्डै १० रुपैयाँ सस्तोमा चिनी पाउँथे । अहिले उद्योगीले आफूखुशी मूल्य तोकेका छन् ।’ नेपालमा चिनीको वार्षिक खपत २ लाख ५० हजार टन छ । स्वदेशी उद्योगहरूले १ लाख टन उत्पादन गर्छन् । बाँकी १ लाख ५० हजार टन चिनी पैठारीबाटै आपूर्ति गरिन्छ । नेपालका उद्योगहरूको उत्पादनले यहाँको मागअनुसार करीब ५ महीना धान्छ । बाँकी ७ महीनाको मागपैठारीबाट धान्नुपर्ने अवस्था रहेको रिजालले बताए ।

चिनीको अभाव छैन तर व्यापारीले बढाए मूल्य

काठमाडौं : दशैंका बेला चिनीको बढी खपत हुने गर्छ। त्यसैले दशैंताका चिनीको कृत्रिम अभावसमेत सिर्जना गरिन्छ।यस वर्ष चिनीकाे अभाव नभए पनि मूल्य बढेको छ। मूल्यवृद्धिको मारमा सधैंजस्तै सर्वसाधारण नै परेका छन्।उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष सुवर्णप्रभा गुरागाईका अनुसार केही दिनअघि बजारमा प्रतिकेजी चिनीको मूल्य ९० रूपैयाँ थियो। तर, दशैँ लाग्नासाथ मूल्य बढेको छ।‘हिजो बिर्तामोडमा अनुगमनका बेला प्रतिकेजी ९५ देखि ९८ रुपैयाँसम्म लिएको पाइयो,’ उनले भनिन्,

महामारीमा चिनी उद्योगीको मनपरी : प्रतिकिलो १० रूपैयाँ बढाए मूल्य

जेठसम्मलाई पुग्ने चिनी मौज्दात रहेको बताएका चिनी उद्योगीहरूले निषेधाज्ञाका बेलामै मूल्य वृद्धि गरेका छन् । उद्योगीहरूले चैतसम्म उखु क्रसिङ गरेका थिए । तर सर्वसाधारण कोभिडको चपेटामा परिरहेका बेला चिनी उत्पादक संघले चिनीको मूल्य बढाएको छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको भनाइ मान्ने हो भने निषेधाज्ञाअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उनीहरूले ४ महिनालाई पुग्ने चिनी मौज्दात रहेको बताएका थिए । तर अहिले एकाएक भाउ बढाएको श्रेष्ठको भनाइ छ । ‘भाउ बढ्नुको कारण नै छैन । मन्त्रालयमा भएको छ...

उद्योगीले चिनीको मूल्य किलोमै बढाए ८ रूपैयाँ

उनकाअनुसार पहिले ७८ रूपैयाँमा बेचिरहेको चिनी अहिले अभाव भएपछि ८६ रूपैयाँ पुर्‍याइएको हो।