अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेको विरोधमा जनता समाजवादी पार्टी(जसपा)ले विरोध प्रदर्शन गरेको छ ।
असोज १६ गते प्रदेशका आठवटै जिल्लामा जसपाले मसाल जुलुस प्रदर्शन गरेको थियो भने १७ गते समेत विरोध प्रदर्शन गरेको छ।
जसपाको प्रदेश नम्बर २ स्थित मधेश प्रदेश समितिले गरेको लिखित निर्णयअनुसार जसपाका नेता तथा कार्यकर्ताले अख्तियारविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सञ्चालित 'बेटी पढाऊ बेटी बचाऊ&...