त्रिविबाट उत्तरपुस्तिका गायब

काठमाडौं, १४ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको छ । अछाम परीक्षा केन्द्रबाट सञ्चालन गरिएको शिक्षाशास्त्र स्नातक तहअन्तर्गतको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ को उत्तरपुस्तिका हराएको हो । उक्त परीक्षा केन्द्रको एक सय ७६ थान उत्तरपुस्तिका हराएको बताइएको छ । त्रिविबाट यसअघि पनि बीए प्रथम वर्षको उत्तरपुस्तिका हराएको थियो ।

सम्बन्धित सामग्री

उत्तरपुस्तिका गायब प्रकरण: दोषीलाई कारबाही नगरेको भन्दै अखिल समाजवादीको प्रदर्शन

अखिल समाजवादी विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र कार्यालयलाई घेराउ गरेका छन्।

उत्तरपुस्तिका गायब प्रकरण: दोषीलाई कारबाही नगरेको भन्दै अखिल समाजवादीको प्रदर्शन

अखिल समाजवादी विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र कार्यालयलाई घेराउ गरेका छन्।

कसले रोक्यो दोषीमाथि कारबाही?

परीक्षा नतिजाअगावै विद्यार्थीका उत्तरपुस्तिका गायब पार्ने पदाधिकारीलाई कारबाहीका लागि सिफारिस गरेको दुई महिना पुग्न लाग्दा समेत त्रिभुवन विश्वविद्यालयले कारबाही प्रक्रिया सुरु गरेको छैन।

हराए त्रिविका १८३ उत्तरपुस्तिका

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बाट परीक्षण भइसके पनि नतिजा सार्वजनिक हुन बाँकी करिब दुई सय विद्यार्थीका उत्तरपुस्तिका हराएको छ । गत वैशाखमा सञ्चालित स्नातक तह पहिलो वर्षको जनसंख्या विषयका १८३ थान उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयबाटै गायब भएको हो । उत्तरपुस्तिका नै हराएपछि परीक्षा लिएको झन्डै एक वर्ष बित्न लाग्दा पनि नतिजा सार्वजनिक हुन सकेको छैन ।

उत्तरपुस्तिका ‘गायब हुँदा’ नतिजामा त्रुटि

प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसबाट विद्यार्थीको उत्तरपुस्तिका र अंक टिपोट गरिएको कागजात हराएपछि ५ सयभन्दा बढी विद्यार्थीको नतिजामा त्रुटि भएको खुलेको छ ।