जनवरीमा ब्रेजाभन्दा सस्तो एसयूभी बजारमा ल्याउँदै सुजुकी

काठमाडौं । इन्डो-जापानी ब्राण्ड मारुती सुजुकीले नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले ल्याउने सानो एसयूभीले टाटा पन्च, रेनो काइगर र निसान म्याग्नाइट जस्ता गाडीसँग प्रतिस्पर्धा गर्नेछ । मारुती सुजुकीले २०२० मा नै सार्वजनिक गरेको वाइटीबी कन्सेप्ट आगामी जनवरीमा हुने अटो एक्स्पोमा देखाउने भएको हो । साना एसयूभी खोज्ने ग्राहक बढेसँगै आउन लागेको यो एसयूभी […]

सम्बन्धित सामग्री

तीन नयाँ एसयूभी ल्याउँदै सुजुकी, इलेक्ट्रीक र हाइब्रिड प्राथमिकतामा

काठमाडौं । एसयूभीको बढ्दो क्रेजलाई सम्बोधन गर्न सुजुकीले तीन नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले यी तीन एसयूभी सन् २०२६ सम्ममा बजारमा ल्याउने भएको हो । सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ईभी यहि वर्ष बजारमा ल्याउने छ । ईभीएक्स कन्सेप्टमा आधारित इलेक्ट्रीक एसयूभी यूरोप र भारतमा एकसाथ परिक्षण भइरहेको छ । यसलाई सन् […]

नेपालमा सुजुकी जिम्नीको डेलिभरी सुरु

काठमाडौं– नेपालका लागि सुजुकी ब्राण्ड चारपांग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी एनएक्सटीजेनले एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी नेपालभरीका शोरुमबाट सुरु गरेको छ । जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडीमध्ये एक हो । ट्रु अफ–रोड एसयूभी जिम्नीले ५० वर्ष भन्दा बढीको विरासत बोकेको छ । सुजुकी […]

सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक

काठमाडौं । नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ गाडी सार्वजनिक गरिएको छ । नेपालका लागि सुजुकी ब्रान्डको चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले यी दुवै गाडी नेपाल भित्र्याएको हो । कम्पनीका अनुसार नेपालमा भित्र्याइएको ‘द ग्राण्ड भिटारा’ गाडी सुजुकी ब्रान्डको बहुप्रतिष्ठित मोडेल […]

एकसाथ दुई एसयूभी नेपाल ल्याउँदै सुजुकी, मूल्य र फिचरको प्रतिस्पर्धा

काठमाडौं । मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले माघ अन्तिमसम्ममा दुई एसयूभी नेपाल ल्याउने भएको छ । कम्पनीले भारतमा उत्पादन भएको ब्राण्ड न्यू मोडल ग्राण्ड भिटारा र नयाँ जेनेरेशन ब्रेजा गरी दुई एसयूभी ल्याउन लागेको हो । ‘हामीले गाडीको अर्डर हालेका छौं । केही दिनमा नै गाडी हिड्ने छ । नेपाल आएसँगै माघ अन्तिमसम्ममा विक्री […]

टोयोटा र सुजुकीले नयाँ हाइब्रिड एसयूभी उत्पादन गर्ने

टोयोटा र सुजुकीले भारतको लागि नयाँ सुजुकी निर्मित एसयूभी विकास गर्ने घोषणा गरेका छन् । दुबै कार निर्माताहरूले विश्वव्यापी रूपमा सवारी साधनहरूको आपसी आपूर्तिलाई प्रवर्द्धन गरिरहेको र जापानीहरूले सुजुकीको रूपमा नयाँ मोडललाई भारतमा बजार गर्ने उद्देश्यले दुई कम्पनीहरूले अब नयाँ हाइब्रिड एसयूभी मोडेलको उत्पादन सुरु गर्नेछन्।

क्रेटा र सेल्टोसलाई टोयोटाको चुनौती, यस्तो देखियो नयाँ एसयूभी

काठमाडौं । हुन्डाई क्रेटा र किया सेल्टोसलाई टक्कर दिन टोयोटा र मारुती सुजुकीले बनाइरहेको एसयूभी पहिलो पटक परिक्षणको क्रममा देखिएको छ । टोयोटा ‘डी-२२’ र मारुती सुजुकी ‘वाईएफजी’ कोड नेममा उत्पादन भइरहेको एसयूभी सडकमा देखिएको हो । कोरोला क्रस र र्याभफोरबाट प्रेरित धेरै फिचर समावेस रहेको यो एसयूभीको अगाडिको भाग यूनिक हुने अनुमान गर्न सकिन्छ […]

५ नयाँ एसयूभी ल्याउँदै मारुती सुजुकी, यस्तो छ मोडल अनुसारको तयारी

काठमाडौं । इन्डो जापानी ब्राण्ड मारुती सुजुकीले तीन वर्ष भित्र ५ नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको छ । ग्राहकको आकर्षण एसयूभी सेग्मेन्टमा बढ्दै गएको कारण कम्पनीले अबको तीन वर्ष भित्र ५ नयाँ एसयूभी ल्याउन लागेको हो । भारतमा सर्वाधिक सवारी साधन विक्री गर्ने मारुती सुजुकी एक्लैले करिब ५० प्रतिशत बजार हिस्सा ओगटेको थियो । […]

मारुती सुजुकी र टोयोटाले संयुक्त रुपमा मिडसाइज एसयूभी बनाउने

जापनीज अटोमोवाइल कम्पनी सुजुकी र टोयोटाको पार्टनरसीपसँगै भारतीय बजारमा पहिलो पटक संयुक्त रुपमा नयाँ एसयूभीको विकास भईरहेको खबर बाहिर आएको छ । यी दुई कम्पनीले भारतीय बजारका लागि मिडसाइज एसयूभीको विकासमा शुरु देखि काम गरिरहेको बुझिएको छ । दुई कम्पनीले संयुक्त रुपमा १० अरब भारुको लगानीमा नयाँ मिडसाइज एसयूभी बनाइरहेका छन् । नयाँ बन्ने मारुती […]

फक्सवागन एसयूभी टाइगुन सार्वजनिक

काठमाडौं (अस) नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन् । नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्वस्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ हर्षपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभीमध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन टाइगुनको सुरुआती भेरिएन्ट कम्फर्ट लाइनको मूल्य सीमित अवधिका लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीनमध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार पर्छ । कम्पनीका अनुसार भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई लक्षित गरी विशेष रूपमा टाइगुनको डिजाइन गरिएको छ । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकका लागि यो उपयुक्त एसयूभी बन्ने कम्पनीको विश्वास छ । ४० भन्दा बढी सुरक्षात्मक संयन्त्रसहितको फक्सवागनका फन–टु–ड्राइभ विशेषताको यो कारमार्फत ग्राहकले आनन्द प्राप्त गर्न सक्छन् । यो कारमा ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज प्रयोग गरिएको छ । फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइनसहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ । अघिल्लो भागको मस्कुलर ग्रिललाई एलईडी डे टाइम रनिङ हेडलाइटसँग एकीकृत गरिएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्वीलबेस भएका कारण नेपाली सडकका लागि यो गाडी उपयुक्त रहेको कम्पनीको दाबी छ । फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघन्टासम्मको गतिलिन सक्छ । यसमा १० इन्चइन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलइडी टेललाइटलगायत विशेषता छन् । पत्रकार सम्मेलनमा पूजा इन्टरनेशनल नेपाल प्रालिका सीईओ विवेक बिजुक्छेले फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कारभित्रका यात्रुलाई मात्र नभई कार बाहिरकालाई समेत सुरक्षित राख्ने बताए । मल्टी–कोलिजन ब्रेक, मजवुत स्टिल स्ट्रक्चर वडी, ६ वटासम्म एयरब्याग, सबै यात्रुकाला गिथ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन् ।कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुटसमेत उपलब्ध गराउनेछ । प्रथमवर्ष कम्पनीले नेपालमा करीब १००० वटा टाइगुन बिक्रीवितरणगर्ने लक्ष्य राखिएको छ । पूजा इन्टरनेशनलले पर्व लक्षित ‘भक्स फेस्ट सरप्राइज’ टाइगुन मेला वान दरबार महल दरबारमार्गमा आगामी तिहारसम्म सञ्चालन गर्ने भएको छ । मेलामा ग्राहकले सजिलै उक्त गाडीको टेस्ट ड्राइभ र विभिन्न उपहार बीएमडब्लु–जी३१०जीएस, सुजुकी बरमान स्कुटी र सामसुङ जेड फिलिप्स३ जित्न सक्ने कम्पनीले बताएको छ ।