दैलेख : राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै स्थानीय तहमा पार्टी रोज्न पाउने अवधी सकिँदा दैलेखमा नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्ने निर्वाचित जनप्रतिनिधिको संख्या मुस्किलले २० प्रतिशत पुगेको छ।११ स्थानीय तह र जिल्ला समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिको कुल संख्या ३ सय १५ रहेकोमा मंगलबार बेलुकी ५ बजेसम्म ६२ जना निर्वाचित जनप्रतिनिधिले मात्र एकीकृत समाजवादीमा जान चाहेको भन्दै सनाखत गरेका हुन्। त्यसमध्ये एक जना वडाध्यक्ष स्वतन्त्र थिए। दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र&