डाक्टरहरू आज पनि सडकमा : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (भिडिओ)

काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आज पनि आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधवार माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध जनाएका हुन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो […]

सम्बन्धित सामग्री

सडकमा फोहोर फाल्नेलाई कारबाही

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारबाही थालिएको छ। पटक–पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो। स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कारबाही गरिएको छ। यसैक्रममा आधा दर्जन बढी व्यापारिक फर्म, बैंक तथा पसललाई जरिवाना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। आइतबार साँझ ग्लोबल आइएमई […]

कुकुरलाई सडकमा शौच गराउनेलाई महानगरले थाल्यो कारबाही

घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको जानकारी दिनुभयो । पहिलो दिनमा पाँच कुकुरधनीलाई कारबाही गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि पनि बेलाबेला काठमाडौँ महानगरपालिकाले यस्तो कार्य नगराउन सचेत गराउँदै आएको …

सडकमा खानेकुरा बेच्न निषेध

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ ।    पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लगाएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको छ […]

काठमाडौँ महानगरद्वारा सडकमा खानेकुरा बेच्न निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लागएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको छ । […]

युवा संघले गर्‍यो सडकमा नमूना संसद बनाएर विरोध प्रर्दशन

काठमाडौं, फागुन ३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघ नेपालले सडकमा नमूना संसद बनाएर विरोध प्रर्दशन गरेको छ । युवा संघले मंगलबार बानेश्वरको सडकमा ‘सडक संसद’ बनाएर प्रतिनिधिसभाको बैठक जस्तै अवरोध गरेर अनौठो शैलीमा विरोध प्रदर्शन गरेको हो । नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदबारे सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको […]

सडकमा संसद् : तस्बिरमा हेर्नुहाेस् युवा संघको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ नेपालले सडकमा नमुना संसद् बनाएर विरोध प्रदर्शन गरेको छ । युवा संघले मंगलबार बानेश्वरको सडकमा ‘सडक संसद्’ बनाएर प्रतिनिधिसभाको बैठक जस्तै अवरोध गरेर अनौठो शैलीमा विरोध प्रदर्शन गरेको हो । नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदबारे सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा युवा संघले विरोध जनाएको छ । राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले देउवा नेतृत्वको पाँच दलीय गठबन्धन गरेकाले गरेका राष्ट्रघाती कदमको विरोधमा संघ

राति चक्रपथमा माटो फाल्ने टिप्परलाई कारबाही गर्ने चेतावनी

काठमाडौं : सडक डिभिजन कार्यालय काठमाडौंले रातका वेला चक्रपथ सडकमा माटो फाल्ने टिप्परलाई कारबाही गर्न पत्र काटेको छ। डिभिजनले आइतबार कारबाही गर्न  महानगरीय प्रहरी परिसर,टेकु, महानगरीय ट्राफिक प्रहरी महाशाखा लगायतलाई पत्र काटेको हो।डिभिजन कार्यालय काठमाडौंका सूचना अधिकारी सुनित केसीले जथाभावी माटो सडकमा फाल्दा ट्राफिक समस्या भएकाले पत्र काटेको जानकारी दिए। ‘रातमा माटो फाल्ने टिप्पर पहिचान भएको छ, जो जसले माटो फाल्छन्,उनीहरूलाई कारबाही गर्न पत्र काटेका हौँ’, उनले भने।उनका अनुस

दोषीलाई कारबाही तथा सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मी सडकमा

दोषीलाई कारबाही तथा सुरक्षाको माग गदै स्वास्थ्यकर्मीहरू सडकमा आएका छन् । स्वास्थ्य कर्मीहरूले सोमवार घोराहीमा प्रर्दशन समेत गरेका छन् । नेपाल चिकीत्सक संघको अगुवाइमा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरूले दोषीलाई कारवाहीमा माग गदै प्रर्दशन गरेका हुन् ।प्रदर्शनमा घोराही तथा तुलसीपुर क्षेत्रमा रहेका स्वास्थ्य कर्मीहरूको सहभागिता थियो । गएको शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु विनोद सिंहलाइ […]

क्षमताभन्दा बढी भार बोकेका टिपरलाई कारबाही गर्दै प्रहरी

दाङ– ओभरलोड बोकेका टिपरलाई दाङ प्रहरीले निसाना बनाएको छ। सिमेन्ट उद्योगमा चुनढुंगा पुर्‍याउन सडकमा निस्किएका ओभरलोड बोकेका टिपरलाई प्रहरीले कारबाही थालेको हो। सोमबार र मंगलबार धेरै स्थानबाट टिपरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। वडा प्रहरी कार्यालय लमहीमा मात्रै १५ वटा टिपर नियन्त्रणमा छन्। नियन्त्रणमा लिएको २४ घण्टा नाघेको […]