१७ असार, जनकपुरधाम । धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ …
भारतको आन्ध्रप्रदेशमा जन्ती बोकेको बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।
आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा बिहान बस दुर्घटना भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीका अनुसार बस नहरमा खसेको छ । बसमा ४० जना रहेका अनुमान गरिएको छ । दुर्घटनाको कारण खुलेको छैन । तर, चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।...
भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ ।
भारतको उत्तराखण्डमा ६१ जना सवार बस पाउरी गरवाल जिल्लामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
२१ जनाको उद्धार गरिएको उत्तराखण्ड पुलिसलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खराब मौसमका कारण बस अनियन्त्रित भइ दुर्घटना भएको अनुमान छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गरी शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
काठमाडौं । भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्डमा ६१ जना यात्रु सवार बस उत्तराखण्डको पाउरी गरवाल जिल्लामा दुर्घटनाग्रस्त हुँदा १५ जना घाइते भएका हुन् । २१ जनाको भने सकुशल उद्धार गरिएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट […]
काठमाडौं : भारतको उत्तराखण्डमा गएराति बस दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। हरिद्वारको लालढांगबाट ५० जना जन्ती बोकेर काडागाउँ जाँदै गरेको बस पौडी गढवाल जिल्लामा दुर्घटनामा परेको हो। रातिमा भएको दुर्घटनाका कारण घाइतेको उद्धारमा कठिनाइ भएको अधिकारीहरुले जनाएका छन्। अँध्यारो खोचमा बस दुर्घटना भएको खबर पाएपछि स्थानीयवासीहरु गएर मोबाइलको लाइट बालेर उद्धार गरेका थिए। राति १ बजे प्रहरीले दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल भर्ना गराएको छ। जसमध्ये केहीको अव
चितवन– चितवनको रत्ननगरमा दुलही लिएर जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । रत्ननगरको निपनीको हरिहर मन्दिरबाट जन्ती लिएर बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस टाँडीको लोरीघोलमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी चालकसहित १९ जना घाइते भएका हुन् । उक्त बसमा ३० जना सवार रहेको […]
चितवनको रत्ननगरमा बुधबार दिउँसो जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।रत्ननगर नगरपालिका-२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना५ख ६४३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।बसमा ३० जना सवार थिए । दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
चितवन । चितवनको रत्ननगरमा बुधबार दिउँसो जन्ती बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नम्बरको जन्ती बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ […]
काभ्रे, १० माघ । बिर्ता देउरालीबाट जन्ती लिएर गएको बस कोशी पारी दुर्घटनामा परेको छ । आज दिउँसो भएको घटनामा ५ जना घाइते भएका छन् । बस भीरबाट केही तल खसेको थियो । कोशी पारी राजेन्द्र पन्त सञ्चालक रहेको क्रसरमाथिको मोडमा बस पल्टिएको थियो । घटनामा घाइतेहरुको उपचार भएको जनाइएको छ ।
रुकुम पश्चिम - रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
बाँफिकोट गाउँपालिका-२ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका-५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा हिजो बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो ।
घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेहरुकाे उद्धार गरेका थिए ।