भारतमा जन्ती बोकेको बस दुर्घटना, २५ जनाको मृत्यु, ९ घाइते

काठमाडौं : भारतको उत्तराखण्डमा गएराति बस दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। हरिद्वारको लालढांगबाट ५० जना जन्ती बोकेर काडागाउँ जाँदै गरेको बस पौडी गढवाल जिल्लामा दुर्घटनामा परेको हो।  रातिमा भएको दुर्घटनाका कारण घाइतेको उद्धारमा कठिनाइ भएको अधिकारीहरुले जनाएका छन्। अँध्यारो खोचमा बस दुर्घटना भएको खबर पाएपछि स्थानीयवासीहरु गएर मोबाइलको लाइट बालेर उद्धार गरेका थिए। राति १ बजे प्रहरीले दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल भर्ना गराएको छ। जसमध्ये केहीको अव

सम्बन्धित सामग्री

मकवानपुरमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ९ घाइते

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६, भुल्चोकमा शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो। मृत्यु हुनेमा नुवाकोटका २२ वर्षिय सुवास श्रेष्ठ र ठेगाना नखुलेका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर निमित्त प्रहरी प्रवक्त राजकुमार सापकोटाको अ

मनहरीमा यात्रुवाहक बस पल्टिदा २ जनाको मृत्यु ९ घाइते

मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको एलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।प्रहरीका अनुसार बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालित भइ गद्दारको काम भइरहेको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।उनले तत्काल क्षतिको