भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गयो , १५ जना घाइते

भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ ।  भारतको उत्तराखण्डमा ६१ जना सवार बस पाउरी गरवाल जिल्लामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । २१ जनाको उद्धार गरिएको उत्तराखण्ड पुलिसलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खराब मौसमका कारण बस अनियन्त्रित भइ दुर्घटना भएको अनुमान छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गरी शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।  

सम्बन्धित सामग्री

भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु, १५ घाइते

काठमाडौं । भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्डमा ६१ जना यात्रु सवार बस उत्तराखण्डको पाउरी गरवाल जिल्लामा दुर्घटनाग्रस्त हुँदा १५ जना घाइते भएका हुन् । २१ जनाको भने सकुशल उद्धार गरिएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट […]