शनिबार मध्यान्न १ बजे भएको दुई पक्षीय घटना मिलाउन प्रहरी निरीक्षक दामु पुन नेतृत्वको प्रहरीको टोली जिल्ला सदर मुकाम सिमकोटबाट हेलिकोप्टरमा अदानचुली गाउँपालिकाको श्रीनगर पुगेको छ ।हुम्ला जिल्लाको तल्लो भेग अदानचुली गाउँपालिका फडेरा गाउँमा भएको विवादलाई लिएर प्रमुख जिल्ला अधिकारी सीता परियारको समन्वयमा दुई राजनीति दल नेकपा एमाले र माओवादी केन्द्रका जिल्लास्तरिय नेतासँग भएको सहमति अनुसार प्रहरी निरीक्षक पुन नेतृत्वको टोली श्रीनगरमा पुगेको हो ।अदानचुलिमा आपसी विवादमा संलग्न भएका दलसँगको बैठकले गरेको