पर्वत : गण्डकी प्रदेश सरकारले सवारीसाधनमा लाग्दै आएको करमा भारी वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने वेला असार १ गते प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सवारीसाधनमा नयाँ आर्थिक वर्षबाट सवारीको कर १० हजारसम्म बढ्ने बताएका थिए।साउन १ गतेदेखि लागू हुने गरी निजी सवारीसाधनमा १० हजार रुपैयाँ वार्षिक कर वृद्धि गरिएको छ। सबैभन्दा बढी करवृद्धि २५ सयदेखि २९ सय सिसी क्षमताका सवारीमा भएको छ।२५-२९ सय सिसी क्षमताका सवारीहरूले हालसम्म वार्षिक ४० हजार रुपैयाँ कर तिर्दै आएकोमा नयाँ आर्थिक व