२०२० को मार्च ११ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नोबेल कोरोना भाइरस डिजिज–२०१९ (कोभिड–१९) लाई विश्वव्यापी रूपमा पैmलिने÷पैmलिएको महामारी ‘प्यान्डेमिक’ भनी घोषणा गर्दाताका अमेरिका, स्पेन, इटली, अस्ट्रिया, फ्रान्स, बेलायत, ब्राजिल आदि देशले कोभिड–१९ लाई केही होइन भनेझैं गरिरहेका थिए । तर, कोभिड–१९ को महामारी सुरु भएको देश चीनमा लगभग नियन्त्रणमा आइसक्दा–नसक्दै अमेरिका, स्पेन, इटली, अस्ट्रिया, फ्रान्स, बेलायत, ब्राजिल आदि देशमा भने कोभिड–१९ महामारी फैलँदो क्रममा थियो भने अभैm पनि पैmलने क्रममै रहेको देखिन्छ ।