विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसले मानवजगत्लाई नै संकटमा पारेको छ । कोरोना भाइरसका कारण विश्वका शक्तिशाली राष्ट्र पनि सशंकित भएका छन् । सरकारले मानवीय क्षति रोक्न लकडाउन पालनालाई जोड पनि दिएको छ । चैत ११ गतेदेखि हालसम्म देश नै लकडाउन रहेको अवस्था छ । अत्यावश्यक कामबाहेक सबै ठप्प छन् । सोहीअनुसार जुम्लामा १ सय २० बेडको आइसोलेसन र २ सय ५६ बेडको क्वारेन्टाइन तयार छ भने राहत वितरणका लागि लागत संकलन भइरहेको छ । तर, गाउँघरमा कोरोनाभन्दा काम नै प्यारो भएका कारण अधिकांश नागरिकले लकडाउन उल्लंघन गरिरहेका छन् । यहाँका आठै स्थानीय तह पनि कोरोना नियन्त्रण तथा रोकथाका लागि दिनरात नभनी खटिरहेका छन् । तर, यसमा नागरिकको असहयोगले गर्दा लकडाउन कार्यान्वयन फितलो देखिएको छ । कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले गरेका काम र लकडाउन कार्यान्वयनलगायतका विषयमा कारोबारकर्मी सागर परियारले गरेको कुराकानीको सार :