काेराेनाकाे असर : तारे हाेटल, रिसाेर्ट, हाेमस्टेलगायत सबै बन्द

काठमाण्डाै – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोकथामका लागि देश लकडाउन भएकाे एक महिनाभन्दा बढी भइसकेको छ । यसले मानवीय क्षति हुनबाट देशलाई जोगाएको छ । तर अर्थतन्त्रमा भने इतिहासमै सबैभन्दा ठूलो असर परेको छ । देशका सबै क्षेत्रहरु ठप्प छन् । सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको छ । देशभर सञ्चालनमा र...

सम्बन्धित सामग्री

तारे जमिन पर प्रदर्शनको १६ वर्ष : यस्ता भए इशान, के गर्दै छन् अन्य कलाकार

काठमाडौं– अमिर खानको ‘आइकोनिक’ फिल्म प्रदर्शनमा आएको १६ वर्ष बितेको छ । यस फिल्ममा बालकलाकार इशान अवस्थीको भूमिकामा दर्शिल साफारीले खेलेका थिए ।  प्रदर्शनमा आएको यो अवधिमा पनि यसलाई राम्रो फिल्मको सूचीमा राखिन्छ । अमिरको निर्देशन र लगानी रहेको यो फिल्म सन् २००७ डिसेम्बर २१ मा प्रदर्शनमा आएको थियो ।  बच्चाहरूको सिकाइमा असर गर्ने ‘डिस्लेक्सिया’ नामक कमजोरीको […]

किन बढेन होटेल अकुपेन्सी ?

नेपालमा पर्यटक आगमनको संख्या कोरोना शुरू हुनुअघिको अवस्थामा पुगे पनि होटेल व्यवसायीहरूले एक तिहाइमात्रै अकुपेन्सी रहेको भन्दै सरकारसँग विभिन्न सुधारको माग गरेका छन् । २०२३ को १० महीनामा पर्यटक आगमन संख्या ८ लाख नाघिसकेको छ र यो वर्ष १० लाख पर्यटक आगमन हुने भनी सरकारले दाबी गरेको छ । यो वर्ष यो संख्या पुग्ने देखिन्छ तर यतिका पर्यटक आए पनि होटेलहरूको अकुपेन्सी एकतिहाइ मात्रै भएको हो भने यतिका पर्यटक कहाँ बसे त ? भन्ने प्रश्न उठ्छ । पर्यटक संख्यामा उपलब्धि प्राप्त भए पनि यो संख्या अपुग हो भन्ने कुरा यसले देखाएको छ ।  पछिल्लो समयमा नेपालमा होटेलमा लगानी निकै बढेको छ । पाँचतारे होटेलहरू धमाधम खुल्दै छन् र केही निर्माणाधीन होटेलहरू निकट भविष्यमै सञ्चालनमा आउँदै छन् । होटेलको संख्या जति बढेको छ त्यसको दाँजोमा पर्यटक आगमन बढ्न सकेको छैन । आएका पर्यटक पनि तारेहोटेलमा नबसेर सामान्य होटेलमा बसेको देखिन्छ । त्यस्तै सरकारले पर्यटक आगमनको संख्या गणना गर्दा अध्यागमन कार्यालयले दिने तथ्यांकलाई आधार मानेको देखिन्छ । नेपाली नागरिकता त्यागेका गैरआवासीय नेपालीलाई पनि पर्यटकको संख्यामा गनेको देखिन्छ । ती नेपाल आए पनि होटेलमा बस्दैनन् । त्यसले पनि अकुपेन्सी दर कम भएको हुन सक्छ । जेहोस्, सरकारले पर्यटक आगमनलाई ऐतिहासिक भनेर उपलब्धि मानिरहँदा होटेलहरूले व्यवसाय नपाइरहेको तथ्य आएको छ । यसले नेपालमा बनेका पूर्वाधारको दाँजोमा पर्यटक निकै बढ्नुपर्ने देखाएको छ ।  पर्यटक आगमन बढाउन सरकारले खासै भूमिका खेलेको छैन । निजीक्षेत्र अर्थात् होटेल र ट्राभल एजेन्सीहरूको सक्रियताबाट मात्रै यति धेरै पर्यटक आएको देखिन्छ । सरकारले पर्यटन प्रवर्द्धनका लागि ठूला कार्यक्रम आयोजना गरेको छैन । नेपाल पर्यटन बोर्डलाई बजेट पनि खासै दिएको छैन । त्यस्तै पर्यटक आगमन बढाउन नेपालको कूटनीतिक क्षेत्रले कुनै रणनीति लिएको पनि पाइँदैन । यस्तोमा नेपालको प्राकृतिक विशेषताकै कारण पर्यटक नेपाल आएको देखिन्छ ।  नेपालका लागि विदेशी मुद्रा आर्जनको दिगो स्रोत पर्यटन नै बन्ने कुरा निर्विवाद छ । तर, अहिले विप्रेषणबाट विदेशी रकम प्रशस्त भित्रिएकाले हुन सक्छ, सरकारले पर्यटनलाई जति महत्त्व दिनुपर्ने हो त्यति दिएको पाइँदैन ।  अझ सरकारकै कारण पर्यटन व्यवसायमाथि असर पुगेको छ । सडक विस्तारको काम सुस्त हुँदा नेपालभित्र आवतजावत गर्न निकै सास्ती भइरहेको छ भने समय पनि बढी लाग्ने गरेको छ । काठमाडौंबाट पोखराको दूरी भनेको ३–४ घण्टामात्रै हुनुपर्ने हो ।  तर, सडक बिग्रिएकाले अहिले झन्डै १० घण्टा लाग्ने गरेको छ । यति दूरी विकसित देशमा भए एक डेढ घण्टाको मात्रै हो । सडक विस्तार र सुधार हुनुपर्छ, तर त्यसले यातायातलाई प्रभावित पार्नु हुँदैन । त्यस्तै सडकको यात्रा कष्टकर हुँदा हवाई भाडा निकै महँगो बनाइएको छ । यस्तोमा काठमाडौंमा झर्ने पर्यटक पोखरा, लुम्बिनी वा सौराहा जस्ता ठाउँमा पुग्न आत्तिने अवस्था छ । त्यसैले सडक पूर्वाधार तीव्र गतिमा सुधार हुन जरुरी छ ।  नेपालका लागि विदेशी मुद्रा आर्जनको दिगो स्रोत पर्यटन नै बन्ने कुरा निर्विवाद छ । तर, अहिले विप्रेषणबाट विदेशी रकम प्रशस्त भित्रिएकाले हुन सक्छ, सरकारले पर्यटनलाई जति महत्त्व दिनुपर्ने हो त्यति दिएको पाइँदैन । विदेशी मुद्रा आर्जनमा पर्यटन विप्रेषणपछिको महत्त्वपूर्ण स्रोत हो । त्यसैले पर्यटन व्यवसायमा देखिएका समस्या सुधार गर्न सरकार तयार हुनुपर्छ र व्यवसायीका सुझाव मनन गर्नु जरुरी छ ।  नेपाल आएका पर्यटकमध्ये अधिकांश पोखरा र त्यसआसपासका क्षेत्रमा बढी पुग्ने गरेका छन् । ती क्षेत्रले पर्याप्त पर्यटक पाएको अनुमान गर्न सकिन्छ । पोखराकै पनि तारे होटेलहरूको अकुपेन्सी शतप्रतिशत छैन । अहिले पदयात्रा क्षेत्रमा देखिएको भीड नेपाली पर्यटकको हो । यसले पर्यटनलाई भरथेग गरे पनि पर्याप्त लाभ भने दिँदैन । त्यसैले पर्यटन प्रवर्द्धनका भरपर्दा कार्यक्रम चलाउन आवश्यक छ । त्यस्तै सडक पूर्वाधारमा निकै सुधार गर्नु जरुरी छ । लाखौंलाई रोजगारी दिने यस व्यवसायलाई पूर्णक्षमतामा सञ्चालन हुन दिन सरकारले आफ्ना तर्फबाट पूरा सक्रियता देखाउन ढिला गर्नु हुँदैन ।

नेपालगन्ज–पोखरा हवाइ उडानले पर्यटन व्यवसायी उत्साहित

निजी क्षेत्रको प्रयासबाट पहिलो पटक नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज सुरु गरिएको उडान सेवा नियमित भएपछि निजी क्षेत्र र पर्यटन व्यवसायी उत्साहित भएका छन् । पश्चिम नेपालको बाँके र बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले दुई महिनाअघि सुरु गरिएको नेपालगन्ज–पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढ्दै गएपछि उडान सङ्ख्या थप गरिँदै लगिएको हो । लामो समयदेखि नेपालगन्ज–पोखरा सिधा उडान गर्नुपर्ने विषयमा ब्यापक रूपमा छलफल, बहस हुँदै आएपनि यसअघि कुनै पनि हवाई कम्पनीले व्यावसायिक उडान थालेका थिएनन् । उक्त मुद्दालाई अगाडि सार्दै आएको नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरले सरकार र हवाई कम्पनीलाई दबाब दिनकै लागि गत फागुनमा उक्त रुटमा चार्टर उडान सुरु गरेको थियो । सीता एअरको १८ सिटे जहाजबाट सुरु गरिएको चार्टर उडानलाई कोरोना भाइरस महामारीको दोस्रो लहरले असर ग¥र्यो र बीचमै बन्द भयो । दुई वर्षअघि पनि बुद्ध र यती एयरलाइन्सले नेपालगन्ज–पोखरा उडान थाल्ने तयारी गरेका थिए, तर विभिन्न कारण देखाउँदै अन्तिममा स्थगित गरेका थिए । पर्यटन व्यवसायीको चर्को दबाब, यात्रुको मागका आधारमा अहिले बुद्ध एयरले उक्त रुटमा व्यावसायिक उडान सुरु गरेको छ ।कम्पनीको १९ सिटे जहाजबाट तत्कालका लागि हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार उडान सुरु गरिए पनि गत आइतबारदेखि  दैनिक रूपमा उडान थालेको बुद्ध एयरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाहले बताए । नेपालगन्ज–पोखरा रुटमा यात्रुलाई आर्कषण गर्न विभिन्न प्याकेज पनि ल्याइएको उनको भनाइ छ । कोरोना महामारी कम हुँदै गएपछि उडान र ठूलो जहाज सञ्चालन गर्ने प्रमुख शाहले सुनाए । कोरोनाको यो महामारीमा पनि आन्तरिक हवाई यात्रु पर्याप्त बढेको एयरलाइन्स पदाधिकारी बताउँछन् । कोरोनाको सङ्क्रमणको त्रासले पनि अहिले जसोतसो हवाईजहाजमा यात्रा गर्न यात्रु तयार भएका छन् । अहिले नेपालगन्ज उडानमा भने बुद्धले सोचेभन्दा बढी सफलता हात पारेको उनको भनाइ छ । यहाँका पर्यटन व्यवसायीले नेपालगन्ज र पोखरा क्षेत्रको पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुग्ने विश्वास गरेका छन् । नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालगन्ज–पोखरा रुटमा यात्रुको चाप धेरै भएको बताए । सो रुटमा यसअघि निजीस्तरबाट नाटा बाँके च्याप्टरले चार्टर उडान गरेको स्मरण गर्दै आफूहरुले थालेको अभियानलाई साथ दिँदै बुद्ध एयरले व्यावसायिक उडान सुरु गरेको जानकारी दिए । रारा, कैलास मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके निकुञ्जलगायत पश्चिम क्षेत्रका पर्यटकीयस्थल घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरेर नेपालगन्जमा आधा दर्जन बढी तारे होटल सञ्चालनमा छन् ।नेपालगन्ज नाका हुँदै आउने भारतीय पर्यटक यस क्षेत्रमा घुमेर पोखरा जान र पोखराबाट पर्यटक सिधैँ नेपालगन्ज आउन चाहान्थे, त्यसका लागि यसअघि सिधा हवाई उडान नै थिएन । सिधा हवाई उडानका लागि विगतमा जनप्रतिनिधि, पर्यटन व्यवसायी, ट्राभल एजेन्सीलगायतले पहल थाले पनि सरकार र विमान कम्पनीको बेवास्ताका कारण उक्त मुद्दा अधुरै थियो ।  सिधा हवाई उडान नहुँदा पर्यटकलाई आर्थिक भार पर्नुका साथै झन्झटिलो हुने हुँदा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रले बेहोर्नु परिरहेको र अब पश्चिम क्षेत्रका थुप्रै पर्यटकीयस्थलको प्रवद्र्धनमा टेवा पुग्ने पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । मुलुकको अग्रणी विमान कम्पनी बुद्ध एयरले पहिलो पटक व्यावसायिक उडान थालेपछि भने हवाई यात्रु, होटल व्यवसायी, पर्यटन व्यवसायी हर्षित भएका छन् ।विभिन्न सरोकारवाला निकायले आज पहिलो उडानमा पोखराबाट आएका यात्रुलाई स्वागत र नेपालगन्जबाट पोखरा उडेका यात्रुलाई भव्य रुपले बिदाइ गरेका थिए ।  उक्त रुटका यात्रुले धमाधम टिकट बुकिङ गरिरहेको कम्पनीले जनाएको छ । नेपालगन्ज–पोखरा उडानमा प्रतिव्यक्ति भाडा रु चार हजार ९९५, पाँच हजार ५६५ र सात हजार ६६५ तोकिएको छ ।यसका साथै नेपालगन्जबाट पोखरा घुम्न जाने पर्यटकका लागि आउनेजाने भाडा, दुई रात बास, नास्ता र विमास्थल–होटलसम्म यातायातको व्यवस्थासहित रु ११ हजार र पोखराबाट बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सोही सुविधासहित रु १३ हजार ९०० प्याकेज ल्याइएको कम्पनीले जनाएको छ ।

लकडाउनमै तयार भयो दोलखामा तारे होटल

लकडाउनका कारण धेरै व्यापार व्यवसाय बन्द भए । लामो समयदेखि व्यवसायमा लागेकाहरु पनि लकडाउनपछि के गर्ने भन्ने अन्यौलमा छन् । यसमा पनि लकडाउनले सबैभन्दा बढी असर पारेको क्षेत्र होटल तथा पर्यटन क्षेत्र नै हो । पहिलो र दोस्रो लकडाउनले कतिपय पर्यटन क्षेत्रका व्यवसायी पलायन नै हुनुपर्ने अवस्था आएको छ । तर दोलखामा एक व्यवसायीले पहिलो […]

लकडाउनमा पनि नयाँ होटल थपिए, दशवटा तारे होटल खुले

कोभिड १९ को महामारिले आक्रान्त बनेको समयमा समेत नेपालमा होटल खुल्ने संख्या झन् बृद्धि भएको छ । पर्यटन विभागको तथ्याङक अनुसार लकडाउनको समयमा तारे होटल १० वटा थप भएको जनाएको छ । यस वर्ष थप भएका होटल मध्ये पाँचतारे डिलक्समा झापाको मेचीक्राउन, चार तारेमा होटल वाराही पोखरा, होटल सांग्रीला भिलेज पोखरा, होटल ल्याण्ड मार्क पोखरा र नान्स होटल सिदर्थनगर रुपन्देही रहेका छन् । यता नयाँ खुलेका दुई तारे होटलमा होटल लोटस जेम्स गोकर्णेश्वर र होटल भादगाउँ भक्तपुर रहेको विभागले जनाएको छ । गतवर्ष पाँचतारे होटलमा मेरियट र अलफ्ट थप भएका थिए । होटलसँगै तीन वटा रिसोर्ट समेत नयाँ लगानीमा खुलेको छ । यसमा तीनतारे स्तरको साधारण रिसोर्ट ट्रायम्फ आर्गानिक रिसोर्ट धादिङ, चार तारे स्तरको (डिलक्स) आगन्तुक रिसोर्ट वनेपा र पाँच तारेस्तरको (लक्जरी)चन्द्रगिरी हिल्स रहेका छन् । कोभिड महामारीले पर्यटन व्यवसायमा नराम्रो असर पु¥याए पनि होटल क्षेत्रमा लगानीभने झन् बढ्दै गएको पर्यटन विभाग होटल शाखाका निर्देशक मनबहादुर जिसीले बताउनुभयो । सुविधा सम्पन्न होटलमा लगानी बड्नु आगामी दिनमा पर्यटकका लागि उपयुक्त आधार समेत बनेको उहाँको भनाई छ ।

'भाइरल' बालबालिका र मनोवैज्ञानिक प्रभाव

भाइरल भएर बनाइएर यदि उसको दीर्घकालीन हित हुन्छ भने त्यो साह्रै राम्रो हो। तर अहिले हिट हुन्जेल तीन तारे होटलको बास र त्यो हराउन साथ गाउँमा गएर उसिनेको खाना खानु पर्दा बालबालिकामा पर्न सक्ने मनोसामाजिक असर अनि त्यसले पार्न सक्ने अहितका कुरालाई पनि हामी सबैले विचार गर्न सक्नु पर्दछ।

अकुपेन्सी १० प्रतिशतभन्दा कम

कोरोना भाइरस संक्रमणको त्राससँगै पर्यटन व्यवसायमा प्रतिकुल असर परेको छ । देशैभरका तारे होटल तथा पर्यटकीय रिसोर्टमा होटल अकुपेन्सी १० प्रतिशतभन्दा कममा झरेको होटल व्यवसायीहरूले बताएका छन् ।