नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले नेपाली जनताको जीवन रक्षा आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । शीतल निवासमा गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएसँगै प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।‘सबैभन्दा पहिलो प्राथमिकता नेपाली जनताको जीवन रक्षा नै हो’, उनले मन्त्री बनेपछि पहिलो प्रतिक्रिया दिँदै भने । अहिलेको अवस्थामा जनताले जीवनको प्रत्याभूति, विपद्को अवस्थामा जनतालाई सुरक्षा दिने भन्ने लगायतका कुरामा आफूले ध्यान दिने उनको भनाइ छ ।