काठमाडौं : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुईतिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दाबी गरेका छन्। ६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले समृद्धिको खोक्रो नारा लगाए पनि त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका हुन्। ‘दुईतिहाई बहुमतको सरकार बन्यो नि। नेकपाले दुईतिहाई बहुमत ल्यायो