प्लास्टिकका फूलमाला : कानुनमा निषेध, बजारमा खुल्लम खुला बिक्री

२३ कात्तिक, काठमाडौं । नियमनकारी निकायले आँखा चिम्लिंदा काठमाडौं उपत्यकाका बजारमा प्रतिबन्धित प्लास्टिकका फूल माला निर्बाध भित्रिएको पाइएको छ । तिहार सुरु हुन केही दिन मात्रै बाँकी रहँदा बजारका पसलहरु प्रतिबन्धित प्लास्टिकका फूल र मालाले झकिझकाउ देखिएका छन् । काठमाडौंका चोक र गल्लीदेखि देशैभरका बजारमा कागजी कृत्रिम फूल र माला बग्रेल्ती भेटिंदा यसको नियमनमा भने […]

सम्बन्धित सामग्री

सन्धिखर्क र शितगंगामा प्लास्टिकका फूलमाला निषेध

नेपालका सांस्कृतिक पर्वहरुलाई मौलिक बनाउन तथा स्थानिय स्तरमा उत्पादित फूलहरुको प्रयोग बढाउन अर्घाखाँचीका दुई स्थानीय तहले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ।

सियारीमा तिहारमा प्लास्टिकका माला प्रतिबन्ध

रुपन्देहीको सियारी गाउँपालिकाले दिपावली लगायतका चाडपर्वमा प्लास्टिकका फूलमाला तथा आयातित फूलमाला प्रयोग नगर्न आग्रह गरेको छ ।

प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोकसँगै अनुगमन

गण्डकी, २१ कात्तिक । प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको पोखरा महानगरपालिकाले त्यसको अनुगमनलाई तीव्रता दिएको छ । गत वर्षदेखि नै प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाउन सुरु गरेको महानगरपालिकाले यसवर्ष पनि औपचारिक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूूलमाला बिक्री वितरणमा रोक लाएको थियो । यही मङ्सिर १६ गते प्लास्टिकजन्य फूूलमाला बिक्री वितरण नगर्न सूचना जारी […]

प्लास्टिकका फूलमाला : नीतिमा प्रतिबन्ध, बजारमा छ्याप्छ्याप्ती

२० कात्तिक, पोखरा । नेपाल सरकारले ०७९ साउन १२ गते राजपत्रमै सूचना प्रकाशन गर्दै प्लास्टिकजन्य फूलगुच्छाको बिक्री वितरणमा रोक लगायो । सोही सूचनाअनुसार कात्तिक १ गतेदेखि आयातित सयपत्री मालामा पनि प्रतिबन्ध गरेको छ । सोही सूचनाका …

दाङका ४ पालिकामा प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध

रुपन्देही । तिहार नजिकिँदै गर्दा स्थानीय स्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् । चार वटै पालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हुन् । चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका […]

शारदा नगरमा प्लास्टिकका फूलमाला बेच्न नपाइने

सल्यान : जिल्लाको शारदा नगरपालिकाले प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाएको छ। नगरपालिकाले  एक सूचना जारी गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिवन्ध लगाएको हो।तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोग गर्न आग्रह गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले जानकारी दिए। नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचनाअनुसार प्लाष्टिकजन्य फूलग

धनगढीमा प्लास्टिकका फूलमाला प्रयोग गर्न नपाइने

धनगढी उपमहानगरपालिकाले प्लास्टिकबाट बनेका फूलका मालाको बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ । वातावरणीय प्रदूषण घटाउनुका साथै स्थानीयस्तरमै किसानहरूलाई फूलखेतीमा प्रोत्साहन गर्ने उद्धेश्यले प्लास्टिकका फूलमाला प्रयोगमा रोक लगाइएको उपमहानगरले जनाएको छ ।

दाङका चार पालिकाद्वारा प्लास्टिकको फूलमाला बिक्रीमा प्रतिबन्ध

दाङ – दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् । तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि चार वटै पालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हुन् । चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन्। तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकापछि मंगलवार राप्ती गाउँपा...

प्लास्टिकका फूलमाला प्रतिबन्ध

सरकारले प्लास्टिकजन्य फूलमाला प्रयोग र खरिद बिक्री नगर्न सचेत गरएको छ । वातावरण विभागले बिहीबार सूचना सार्वजनिक गर्दै प्लास्टिकजन्य फूलमालाको प्रयोग वा बिक्री वितरण गरेमा एक लाख रुपियाँसम्म जरिवाना हुने जनाएको हो । प्लास्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लास्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न विभागले सचेत गराएको हो ।