वालेटबाट गरिने कारोबारको सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमा बढाएको छ। राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूलाई 'भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन – २०७८' जारी गर्दै सीमा बढाएको हो । जस अनुसार अब बैंक खाताबाट वालेटमा प्रति कारोबार ५० हजार  र प्रति महिना १० लाखसम्म पठाउन सकिने भएको छ । यस अघि यो सीमा प्रति कारोबार २५ हजार र प्रति महिना ५ लाख थियो । त्यस्तै वालेटबाट अन्य बैंक खातामा प्रति कारोबार ५० हजार र प्रति महिना १० लाखसम्म कारोबार गर्न सकिने भएको छ  ।  यस अघि यो सीमा प्रति कारोबार २५ हजार र प्रति महिना ५ लाख थियो । दुवै अवस्थामा प्रति दिनको कारोबार सीमा भने १ लाख नै रहेको छ ।एक वालेटबाट अर्को वालेटमा प्रति कारोबार २५ हजार , प्रति दिन कारोबार १ लाख र प्रति महिना कारोबार ५ लाखसम्म पठाउन सकिने ब्यबस्थामा हेरफेर भएको छैन । तर राष्ट्र बैंकले वालेटमा ५० हजारसम्म रकम ओभरनाइट राख्न सक्ने ब्यबस्था गरेको छ । यस अघि यो सीमा २५ हजार मात्र थियो । सो सीमा भन्दा बढी रहेको रकम अनिवार्य रुपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनु पर्नेछ । संस्थागत ग्राहक र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । त्यस्तै स्थायी लेखा नम्बर लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको बचत खातामा रकमान्तर हुने गरी क्यु आर कोड उपलब्ध गराउन सक्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । तर, स्थायी लेखा नम्बर नलिएका दैनिक रु. ५००० (अक्षरेपी पाँच हजार मात्र) सम्मको व्यापारिक कारोबार गर्ने प्राकृतिक व्यक्ति÷खुद्रा व्यापारीको हकमा आधिकारिक परिचयपत्रको आधारमा समेत निजको नाममा मर्चेन्टको रुपमा क्यु आर कोड उपलब्ध गराउन सकिने भएको छ ।

सम्बन्धित सामग्री

आयातमा एलसीको सीमा बढ्यो

२२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातलाई थप खुकुलो बनाएको छ । सोमबार एकीकृत परिपत्र जारी गर्दै केन्द्रीय बैंकले वस्तु आयात गर्दा एलसीको सीमा बढाएको हो । नयाँ व्यवस्थासँगै अब तेस्रो मुलुकबाट मालसामान आयात गर्दा एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको एलसी (वस्तु आयतको बैंकिङ भुक्तानी प्रणाली प्रतिपत्र) खोल्न पाइने भएको छ । […]

नवलपराका सीमा नाकाबाट चिनीको तस्करी बढ्यो

नवलपरासी । पश्चिम नवलपरासीमा सीमा नाकाबाट नेपालतर्फ चिनीको तस्करी बढेको छ । विगत केही दिनदेखि तस्करी मौलाए पनि नियन्त्रणका लागि प्रहरीले बेवास्ता गरेको स्थानीको आरोप छ । सीमा क्षेत्रमा प्रहरीका युनिटहरु तैनाथ भएपनि चिनी तस्करमार्फत सहज रुपमा भित्रिने गरेको छ । भन्सार छलेर भारतबाट दैनिक १० देखि १२ ट्रक चितवन, हेटौंडा, पोखरालगायतका प्रमुख शहरहरुमा जाने […]

बढ्यो व्यक्तिगत आयकरको सीमा

काठमाडौं : सरकारले आयकरको सीमा बढाएको छ। अविवाहित व्यक्तिको हकमा अब ५ लाख रूपैयाँसम्मको आयमा १ प्रतिशत र विवाहितको हकमा ६ लाख रूपैयाँसम्मको आयमा १ प्रतिशत कर लाग्ने छ।यसअघि अविवाहितका हकमा ४ लाख रूपैयाँ वार्षिक आम्दानी र विवाहितको हकमा साढे ४ लाख रूपैयाँसम्मको वार्षिक आम्दानीमा १ प्रतिशत कर लाग्ने व्यवस्था थियो।

डिजिटल माध्यमबाट राजस्व भुक्तानीको सीमा बढ्यो

नेपाल क्लियरिङ हाउसले सञ्चालन गर्दै आएका एनएचसिएल बैंक सेन्ट्रल तथा कर्पोरेट पेमार्फत गरिने राजस्व भुक्तानीमा सीमा बढाइएको छ ।राष्ट्र बैंकको स्वीकृतिमा सीमा बढाइएको कम्पनीले बताएको छ । एनएचसिएल बैंक सेन्ट्रलमार्फत अनअस मा दुई अर्बसम्म कारोबार गर्न सकिन्छ । त्यस्तै कर्पोरेट–पेमार्फत पब्लिक नेटवर्कबाट अनअसमा एक करोड रुपैयाँ कारोबार गर्न सकिने बताइएको छ । प्राइभेटट नेटवर्कबाट अनअसमा […]

बढ्यो विद्युतीय कारोबारको सीमा

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा बढाएको छ । विशेषगरी प्रिपेड कार्ड, वालेटबाट गरिने कारोबारको सीमा बढाइएको हो । राष्ट्र बैंकले मंगलवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७८ जारी गर्दै विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा बढाएको हो । साथै, विद्युतीय माध्यमबाट गरिने कारोबार सेवा शुल्क पनि स्पष्ट रूपमा निर्धारण गरिएको छ । अब प्रिपेड कार्डबाट मासिक २ लाख रुपैयाँसम्म कारोबार गर्न मिल्ने व्यवस्था गरिएको छ । त्यसमा प्रतिकारोबार रू. १० हजार र प्रतिदिन रू. २० हजारको सीमा तोकिएको छ । यस...

भारतबाट नेपाल पठाउने रेमिट्यान्सको सीमा बढ्यो

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले भारतमा औपचारिक क्षेत्रमा काम गर्ने नेपालीका लागि रेमिट्यान्स पठाउन लगाएको सीमा वृद्धि गरेको छ ।आरबीआईले निर्देशन जारी गर्दै रेमिट्यान्सको सीमा प्रतिकारोबार ५० हजार भारुबाट वृद्धि गरेर २ लाख भारु पु-याएको हो । यसैगरी प्रतिवर्ष १२ पटक मात्र रेमिट्यान्स पठाउन सकिने सीमा पनि हटाएको छ । भारत नेपालका लागि दोस्रो ठूलो […]

पर्यटकको खर्चको सीमा बढ्यो, तर आम्दानी बढेन

पछिल्लो पटक विदेशी पर्यटकले नेपाल आएर गर्ने खर्चको सीमा केही बढेको छ । सन् २०१९ सम्म प्रति पर्यटक प्रतिदिन अधिकतम ४६ अमेरिकी डलर खर्चको सीमा रहेकोमा सन् २०२० मा यस्तो सीमा अधिकतम ६५ अमेरिकी डलर पुगेको हो । साथै, खर्चको सीमा बढेसँगै यता पर्यटक बस्ने समय सीमा समेत औषतमा १२ दिनबाट अहिले १५.१ दिन पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । तर, यता पर्यटकको बस्ने समय र खर्च गर्ने सीमा बढिरहेता पनि राज्यले गर्ने विदेशी मुद्राको आम्दानी भने अधिकतम ७१ प्रतिशतले घट्न पुगेको छ ।&

वस्तु आयातमा लाग्ने विदेशी मुद्राको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मालसामान आयात गर्दा लाग्ने परिवर्त्य विदेशी मुद्राको सीमा बढाएको छ । अबदेखि आयातित वस्तुको भुक्तानीका लागि व्यवसायीले एकपटकमा अधिकतम अमेरिकी डलर १ लाख वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको कारोबार गर्न पाउने भएका छन् ।उक्त सीमा भने परिवत्र्य विदेशी मुद्रा भुक्तानी हुनेगरी भारतबाहेक अन्य मुलुकबाट प्रतीतपत्रबाहेक डकुमेन्ट अगेन्स्ट पेमेन्ट ९डीएपी० र डकुमेन्ट अगेन्स्ट असेप्टेन्स ९डीएए०का माध्यमबाट मात्र गर्न सकिनेछ । यो व्यवस्थाअनुसार विदेशी मुद्राबाट गरिने आयात

कनेक्ट आईपीएसबाट हुने कारोबार सीमा बढ्यो

काठमाण्डौ – कनेक्ट आईपीएसमार्फत हुने कारोबारको सीमा बढेको छ । नेपाल क्लियरिङ हाउसले उपभोक्ताको मागलाई ध्यान दिएर कनेक्ट आईपीएसमार्फत हुने कारोबारको सीमा बढाइएको जनाएको छ । अब कनेक्ट आईपीएसको वेबसाइटमार्फत प्रति–कारोबार १० लाख रुपैयाँसम्म र प्रति–दिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइनेछ । यस्तै मोबाइल एपबाट प्रति–कारोबार एक लाख र प्रति–दिन दुई लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइनेछ । यस्तै शेयर कारोबारको भुक्तानीमा प्रति–दिनको सीमालाई पनि एक करोड रुपैयाँ पुर्‍याइएकाे&...

बढ्यो मोबाइल तथा इन्टरनेट बैंकिङको कारोबार सीमा

राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत गरिने कारोबार रकमको सीमा बढाएको छ।