तीन वर्षअघि बाढीले भत्काएको चचरीको पुल अझै बनेन, खोला तरेर जोखिमपूर्ण आवतजावत गर्न बाध्य स्थानीय

काठमाडौं : तीन वर्षअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) बाढीले भत्काएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ। सो पुल अझै बन्न नसक्दा सीमावर्ती भारतीय बजार कुनौलीमा किनमेल गर्न जान स्थानीयवासीलाई समस्या भएको हो। अहिले सर्वसाधारण खोला तरेर जोखिमपूर्ण आवतजावत गर्न बाध्य भएका छन्। स्थानीय र…

सम्बन्धित सामग्री

विकट गाउँको यात्रालाई सहज बनाउन ‘झोलुङ्गे पुल’

दाङ – राजपुर गाउँपालिका- ७ मा झोलुंगे पुल सञ्चालनमा आएको छ। ताली सुनपत्री दोभानमा झोलुङ्गे पुल सञ्चालनमा आएको हो। सुनपत्री खोलामा झोलुङ्गे पुल बनेपछि आवतजावत गर्न सजिलो भएको स्थानीय उपभोक्ता राजन वलीले जानकारी दिए।’वर्षामा आउन जान मुस्किल थियो। अब सजिलो हुने भयो।’ उनले भने,’साना बालबालिकादेखि बृद्ध बुवा आमालाई खोला तर्न सजिलो भयो।’ ४८ लाख ४३ […]

पुल बनेपछि स्थानीय दंग

सर्लाही : जिल्लाको लालबन्दी–३, जब्दी र ईश्वरपुर–८, रामपुरलाई जोड्ने पुलको काम पूरा हुन लाग्दा स्थानीय बासिन्दा खुसीले दंग भएका छन्।फूलजोर खोलाको निर्माण अन्तिम चरणमा रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दा खुसी भएका हुन्। त्यस ठाउँमा पुल नहुँदा वर्षायाममा खोला वारपार गर्न समस्या झेल्दै आएका थिए।अहिले उक्त पुलबाटै आवतजावत गर्न मिल्ने भएपछि स्थानीय खुसी भएका हुन्। जब्दीका अर्जुन चौधरीले पुल बनेसँगै वर्षायाममा जोखिम मोलेर बाढीमा हेलिएर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको बताए।ईश्

उम्मेदवारसँग मतदाताको अपेक्षा : खोलामा तटबन्धनसँगै पुल निर्माण

जनकपुरधाम-  बलुवा खोलामा पुल निर्माण नहुदाँ बर्सेनि वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीय एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कोतिर खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने […]

यस्ता छन् धनुषामा उम्मेदवारसँग मतदाताका अपेक्षा

बलुवा खोलामा पुल निर्माण नहुँदा बर्सेनि वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीय एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कोतिर खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम छ ।“आफ्नो गाउँदेखि पाँच किलोमिटरको दूरीमा रहेको धनुषाधाम बजारसम्म पुग्न ठूलो समस्या छ”, रामपुरकी श्यामाद

कालीगण्डकी करिडोरको सडकमा खोला तर्न फड्के पुल

गुल्मी : कालीगण्डकी करिडोरमा खोला तर्नका लागि स्थानीय बासिन्दाले फड्के पुल निर्माण गरेका छन्। जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमा बड्हरेमा खोला बढेर आवातजावतमा समस्या भएपछि उनीहरू मिलेर फड्के पुल निर्माण गरेको स्थानीय वीरेन्द्र अर्यालले  जानकारी दिए।वर्षायामको समयमा खोला बढ्ने र आवतजावत गर्न समस्या भएकाले स्थानीयहरू मिलेर फड्के पुल निर्माण गरेको उनीहरूले जनाएका छन्।कालीगण्डकी करिडोरको रुद्धबेनी हर्मिचौर सडक खण्डमा उक्त फड्के निर्माण भएपछि वर्षायामको समय

बाढीले चचरीको पुल भत्काइदिएपछि आवत जावतमा समस्या

तीन वर्षअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) बाढीले भत्काएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ । सो पुल अभैm बन्न नसक्दा सीमावर्ती भारतीय बजार कुनौलीमा किनमेल गर्न  जान स्थानीयवासीलाई समस्या भएको हो । अहिले सर्वसाधारण खोला तरेर जोखिमपूर्ण आवतजावत गर्न बाध्य भएका छन् । स्थानीय र सीमावर्ती भारतीय बजारका बासिन्दाहरु मिलेर सहज आवतजावत गर्नका लागि उक्त खोलामा बाँस तेर्स्याएर अस्थायी पुल निर्माण गरिएको थियो ।सो पुल  तीन वर्ष

बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै

बागलुङ । बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुंगे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुंगे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेदेखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने उक्त पुल आइतवार सांसद भूपेन्द्रबहादुर थापाले शिलान्यास गर्दै दुई जिल्लाको सम्बन्धलाई यस पुलले झन् सुमधुर बनाउनुका साथै दुवै जिल्लामा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि पनि सहयोग पुग्ने बताए । उक्त पुलबाट स्थानीय पञ्चकोट शालग्राम संग्रहालयलगायत म्याग्दी, बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज हुने स्थानीयवासीको धारणा छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले म्याग्दी र बागलुङको यातायातलाई जोड्न तथा दुवै जिल्लाको विकास निर्माणका लागि यो पुल कोसेढुंगा सावित हुने बताए । पुल निर्माण समितिका अध्यक्ष कृष्ण बोगटीले तीन करोड ५० लाखको लागतमा पुल निर्माण हुन लागेको जानकारी दिए । पुल निर्माण गर्न बानपा–४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् । गत असोजको अन्तिम साता निर्माण सम्झौता भएको र आगामी असारमा पुल तयार भइसक्ने निर्माणको जिम्मा लिएको थानी हिमशिखर जेभीका नरहरि खड्काले बताए । दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा पाँच मिनेटमै छोटिनेछ । रासस

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

रोल्पा । घोडाखोलामा समयमै पक्की पुल नबन्दा रोल्पाको सुनीलस्मृति गाउँपालिका र प्यूठानको स्वर्गद्वारी नगरपालिकाका स्थानीयवासी जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य छन् । रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा निर्माण भइरहेको पक्की पुल समयमै निर्माण हुन नसक्नु र गत असारदेखि खोलामा पानी बढेपछि स्थानीय सानो काठको प्mल्याकबाट वारपार गर्न बाध्य छन् । सुनीलस्मृति गाउँपालिकाबाट रून्टीगढी गाउँपालिका हुँदै दाङको घोराही जोड्ने सबैभन्दा छोटो दूरीको यो सडकमा पर्ने घोडेखोलामा पुल नबन्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । पुल नहुँदा यातायातका साधन आवतजावत गर्न समस्या भएको छ भने पदैलबाट खाद्यान्नलगायत सामान किनमेलका लागि प्यूठानको स्वर्गद्वारी नगरपालिकाका किमिचौर, भिंग्री बजारमा जान समेत सास्ती भएको स्थानीय बताउँछन् । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले गत पुसमा पुल शिलान्यास गर्दा पुल निर्माणको जिम्मा लिएको जलजला आशु कन्स्ट्रक्सनका सञ्चालक बालाजु श्रेष्ठले तोकिएको समयावधि अगावै सम्पन्न गरी बोनस लिने प्रतिबद्धता गरेका थिए । तर सम्झौताअनुसार काम सम्पन्न गर्ने समय दुई महिना मात्र बाँकी हुँदा समेत पुलको निर्माण ३० प्रतिशतभन्दा बढ्न सकेको छैन । २ करोड ५९ लाख २२ हजार लागतमा पुल निर्माणको जिम्मा लिई कम्पनीका सञ्चालक श्रेष्ठले पेटी ठेकेदार सुन्दर घिमिरे र सञ्जय चौधरीलाई जिम्मा दिएका थिए । पेटी ठेकेदारले कामदारलाई समयमा पैसा नदिएपछि पुलको निर्माण हाल अलपत्र छ । विगतका वर्षमा वर्षाको समयमा खोला तर्दा खोलाले बगाएर धेरै मानिसले ज्यान गुमाएका छन् । ‘यो वर्ष त पक्की पुल बन्ने भयो, अब खोला तर्न समस्या हुँदैन भन्ने आशामा थियौं,’ स्थानीय भुपेन्द्र कुँवरले भने, ‘अझै धेरै काम बाँकी रहेकोले अर्को वर्षासम्म पनि पुल नबन्ने चिन्ता लागेको छ ।’ उनका अनुसार पेटी ठेकेदारले कामदारलाई समयमै पैसा नदिएपछि रित्तो हात घर जाने गरेका छन् भने स्थानीय पसल र होटलमा उधारो लिएको र खाएको समेत ठेकेदारले नदिँदा स्थानीय व्यापारी मारमा परेका छन् । दैनिक सयौं मानिस घोडेखोला तरेर वारपार गर्छन् । बजारमा किनमेलका लागि पनि नजिकको किमीचौर भिंग्री पुग्दा घोडेखोला तर्नैपर्छ । घोडेखोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिमपूर्ण रूपमा काठको लप्काबाट खोला तर्न बाध्य छन् । यसप्रति स्थानीय सरकार र अन्य सरोकारवालाको समयमै ध्यान नपुग्दा सर्वसाधारणको अकालमै ज्यान जाने खतरा बढेको छ ।

पुल बनेपछि सहज

सर्लाहीको जब्दी र रामपुर जोड्ने गरी फुलजोर खोलामा पुल बनेर सञ्चालनमा आएपछि आवतजावत सहज भएको छ। लामो प्रतीक्षापछि लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुर जोड्ने गरी फुलजोर खोलामा पक्की पुल निर्माण गरिएको हो। वर्षौंदेखि वर्षायाममा भेलमै हेलिएर खोला वारपार गर्न बाध्य स्थानीय पक्की पुल निर्माणपछि खुसी भएका छन्।

स्कुटर बोकेरै खोला तार्दै स्थानीय

भोजपुरको इर्खुवा खोलामा स्कुटर तार्दे स्थानीय। खोलामा पुल अभावले आवतजावत गर्ने दुर्इपांग्रे सवारीसाधनलाई यसरी नै बोकाएर तार्नुपर्ने बाध्यता छ।