पुल बनेपछि स्थानीय दंग

सर्लाही : जिल्लाको लालबन्दी–३, जब्दी र ईश्वरपुर–८, रामपुरलाई जोड्ने पुलको काम पूरा हुन लाग्दा स्थानीय बासिन्दा खुसीले दंग भएका छन्।फूलजोर खोलाको निर्माण अन्तिम चरणमा रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दा खुसी भएका हुन्। त्यस ठाउँमा पुल नहुँदा वर्षायाममा खोला वारपार गर्न समस्या झेल्दै आएका थिए।अहिले उक्त पुलबाटै आवतजावत गर्न मिल्ने भएपछि स्थानीय खुसी भएका हुन्। जब्दीका अर्जुन चौधरीले पुल बनेसँगै वर्षायाममा जोखिम मोलेर बाढीमा हेलिएर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको बताए।ईश्

सम्बन्धित सामग्री

अधेरी खोलामा झोलुङ्गे पुल बनेपछि धरान ५ ठिंगबारी र आँपटारबासीमा खुसी

यो झोलुङ्गे पुल प्रदेश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग मातहतको सस्पेन्सन बृज डिभिजनले निर्माण गरिदिएको हो।...

विकट गाउँको यात्रालाई सहज बनाउन ‘झोलुङ्गे पुल’

दाङ – राजपुर गाउँपालिका- ७ मा झोलुंगे पुल सञ्चालनमा आएको छ। ताली सुनपत्री दोभानमा झोलुङ्गे पुल सञ्चालनमा आएको हो। सुनपत्री खोलामा झोलुङ्गे पुल बनेपछि आवतजावत गर्न सजिलो भएको स्थानीय उपभोक्ता राजन वलीले जानकारी दिए।’वर्षामा आउन जान मुस्किल थियो। अब सजिलो हुने भयो।’ उनले भने,’साना बालबालिकादेखि बृद्ध बुवा आमालाई खोला तर्न सजिलो भयो।’ ४८ लाख ४३ […]

इलाममा दोस्रो लामो झोलुङगे पुल निर्माण भएपछि स्थानीय हर्षित

इलाम । इलामको माई नगरपालिकाको बिहिबारे र घण्टे जोड्ने झोलुङगे पुल बनेपछि स्थानीय हर्षित भएका छन् । ८ सय २० मिटर लामो झोलुङगे पुल निर्माणले माई नगरपालिका र दानाबारी क्षेत्रका वासीन्दाले वर्षाैंदेखि भोग्दै आएको सास्तीकाे अन्त्य भएकाे हाे । बिरामीलाई अस्पताल लान र विद्यार्थीलाई विद्यालय जान सँगै दुई पाग्रे सवारीसाधन गुडाउन सहज भएको स्थानीयवासीले बताएका […]

नाउलीगाड खोलामा पुल निर्माण, काठेपुल तर्ने स्थानीयलाई राहत

मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । झण्डै ८६ लाख २२ हजार रुपैयाँको लागतमा निर्माण भएको पुल ८२ मिटर लामो छ ।

धनसार खोलामा झोलुंगे पुल बनेपछि स्थानीय हर्षित

मंसिर २६, रौतहट । धनसार खोलामा पुल बनेपछि गुजरा नगरपालिका वडा नं. ३ सिम्रीका कृषक हर्षित भएका छन् । पुल नहुँदा यस क्षेत्रमा उत्पादित कृषि उपजलाई बजारीकरणमा समस्या हुँदै आएको थियो ।  तर, अहिले खोलमा झोलुंगे पुल निर्माण भएपछि कृषि उपज बजारीकरणमा समस्या नुहने कृषकहरु बताउँछन् । अन्न, तरकारी, फलफूल तथा अन्य बाली यस क्षेत्रमा उत्पादन हुने गरेको कृषक अन्तरे लामाले बताए ।  उत्पादित कृषि उपजलाई अन्य नजिकैको बजारसम्म लैजानका लागि झोलुंगे पुल उपयोगी भएको उनको भनाइ छ । यो पुलले गर्दा गाँउमा विस्तारै चहलपहल बढ्ने र आर्थिक गतिविधिमा टेवा पुग्ने उनले बताए ।  सिम्रि र जंगलसहिया जोड्ने उतm झोलुंगे पुलको निर्माण भएपछि दुवै स्थानका बासीलाई आवतजावतमा सहज भएको छ । गुजरा नगरपालिकाको २७ लाख रकमबाट खोलामा झुलुंगे पुल बनेको हो । यस क्षेत्रका अधिकांश बासिन्दा कृषिमा संग्लन रहेका पुल बनेपछि उनीहरुको दैनिकीमा सहज हुने गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले बताए ।  विशेषत वर्षायाममा आउने धनसार खोलाको बाढीले गर्दा आवतजावतमा कठिनाई भोग्दै आएका त्यहाँका बासिन्दालाई सहज भएको उनको भनाइ छ । झोलुङे पुलको शिलन्यास तथा उद्घाटन आफैले गर्न पाँउदा खुसी लागेको छ उनले भने ।  भौगोलिक दृष्टिकोणबाट पछि रहेको सिमरी टोललाई क्रमशः विकासका योजना लैजाने उनले बताए । केही वर्ष अघि मात्र उक्त गाँउमा विद्युतीकरण भएको हो । करीब २५० घरधुरी रहेको गाँउमा एक निम्न माध्यमिक विद्यालय छ भने स्वास्थ सडक लगायतका पूर्वधार पनि पुगेको छ ।

पुल बनेपछि एक घण्टाको बाटो दुई मिनेटमा छोटियो

म्याग्दी । म्याग्दी र बागलुङको सिमाना भएर बग्ने ढोडेनी खोलामा पुल नहुँदा वर्षौंसम्म सास्ती खेप्न बाध्य दुवै जिल्लाका दर्जनौं गाउँका बासिन्दाको अब भने आवतजावतमा सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने ढोडेनी खोलामाथि झोलुङ्गे पुल बनेपछि दुवै जिल्लाका बासिन्दा एक घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमै पुग्न सक्ने भएका हुन् । बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको सिमानामा बग्ने ढाडेनी खोलामाथि सस्पेन्शन ब्रिड डिभिजन कार्यालय ललितपुरले झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत १ करोड ३९ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो । पुल लम्बाइ २ सय ६० मिटर र उचाइ ८५ मिटर रहेको पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले जानकारी दिए । पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पन्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डे लगायत गाउँका सयौं मानिस लाभान्वित भएको स्थानीय युवा भीमबहादुर घिमिरेले बताए । साथै बागलुङको पन्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत÷जग्गा बागलुङमा डेढ–दुई घण्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । पुल निर्माणपछि कृषकलाई मात्रै होइन विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ । दुई घण्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउन बाध्य चनौटेका विद्यार्थी अव घरबाट निस्केको १५ मिनेटमौ विद्यालय पुग्ने स्थानीय अशोक घिमिरेले जानकारी दिए । गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भइ हाल फापरखेतमा बस्दै आएका प्रवेश कुँवरले बताए । पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउन दैनिक २० भन्दा बढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीय शिव घिमिरेको भनाइ छ ।

पाँच महिनाअघि पुल बनेपछि स्थानीय खुसी

जिल्लाको पाणिनी गाउँपालिका–६ धातिवाङ र वडा नं. ७ अडगुरी जोडने पुल निर्माण सम्पन्न भएको छ ।लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय पूर्वाधार विकास कार्यालय अर्घाखाँचीमार्फत उक्त पुल बनेको थियो । झञ्ज्याङ–झन्द्रेक–धातिवाङ–नेटापोखरा–देउराली सडकअन्तर्गत डल्लेरहमा बनेको पुल एक वर्षमै सम्पन्न भएको हो ।पुष्पा निर्माण सेवामार्फत आर्थिक वर्ष २०७६/०७७ अन्तर्गत २०७७ साल असार १४ […]

पुल बनेपछि झिमरुक र नौबहिनीका स्थानीय खुशी

राजेश जीसीप्युठान । ५ वर्षदेखि अलपत्र पुल निर्माण कार्य सम्पन्न भएपछि प्युठानको झिमरुक र नौबहिनी गाउँपालिकाका स्थानीय हर्षित भएका छन् । झिमरुक गाउँपालिका–५ ढाडाको झिमरुक खोलामा पुल नहुदाँ जोखिम मोलेर खोला वारपार गर्दै आएका स्थानीय पक्की पुल निर्माण भएपछि हर्षित भएका हुन् । प्यूठानको झिमरुक गाउँपालिका वडा नं. ५ र ७,८ गौमुखी गाउँपालिकाको लिवाङ्ग र […]

रेसुंगाको बगाले खोलामा झोलुंगे पुल

१९ असार, गुल्मी । गुल्मी सदरमुकाम तम्घास नजिकै बगाले खोलामा झोलुंगे पुल निर्माण भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका– ७ र वडा नम्बर ९ जोड्ने गरी झोलुंगे पुल निर्माण भएको हो । झोलुंगे पुल बनेपछि स्थानीय वासिन्दा खुशी भएका छन् । हिजोआज पुल हेर्न र फोटो खिचाउन जानेहरुको संख्या बढेको छ । नगरपालिका कार्यालय र […]

एक महिनामै दुईवटा मोटरेवल पुल बनेपछि स्थानीय हर्षित

सोलुखुम्बु : विकास निर्माणका कार्य समयमै सम्पन्न नहुने समाचार बारम्बार प्रशारण, प्रकाशन भइरहेको समयमा हिमाली जिल्ला सोलुखुम्बुमा भने दुईवटा मोटरेवल पुल निर्माण गर्न एक महिना पनि लागेन। सोलुदुधकुण्ड नगरपालिका २ बेनीमा पक्की पुलको शिलन्यास गरेको २८ दिनमै उद्घाटनसमेत गरिएको छ।निर्माण अवधि सकिएको वर्षौं वर्षसम्म पनि काम लथालिङ्ग भएको खबर सुनेका सोलुबासीले एक महिनामै पुल निर्माण भएको देख्दा दंग परेका छन्। बेनी हाइड्रोपावरद्धारा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर–२ जुनबेशी हुँदै बग्ने इडिङबासा र म