सभामुख घिमिरे : नेपाली लोकतान्त्रिक राजनीतिमा त्याग र सङ्घर्षका पर्याय

प्रतिनिधिसभाको सभामुख पदमा बिहीबार निर्वाचित देवराज घिमिरे मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएको निष्ठावान् राजनीतिक योद्धा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उहाँ झापाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभाको आजको बैठकले उहाँलाई सभामुख पदमा निर्वाचित गरेको हो । विसं २०७८ मा चितवनमा सम्पन्न नेकपा …

सम्बन्धित सामग्री

सांसदहरूबाटै गैरसंवैधानिक अभिव्यक्ति आउन थालेः सभामुख घिमिरे

झापा – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूबाट नै गैरसंवैधानिक अभिव्यक्ति आउन थालेको बताएका छन् । झापाको बिर्तामोड नगरपालिकाले बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा उनले संसदमा रहेका १२ वटा केही सांसदले नै संविधानको भावनाविपरीत अभिव्यक्ति दिइरहेको सभामुख घिमिरेले बताए। उनले भने, ‘सरकारलाई समर्थन दिएर सरकारबाहिर बस्ने, सरकारमै रहेका दलका सांसदहरूबाट गैर संवैधानिक अभिव्यक्तिका कारण राजनीति अप्ठ्यारो […]

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच  भेटवार्ता भएको छ। सभामुख घिमिरे प्रधानमन्त्रीलाई भेट्न सोमबार बिहान उनको सरकारी निवास बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार दुईबीच समसामयिक राजनीति र संसद्को आगामी एजेण्डाबारेमा छलफल भएको छ। बिहीबार सभामुख निर्वाचित भएपछि प्रधानमन्त्रीसँग घिमिरेको पहिलो औपचारिक भेट हो।