काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ। श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने नेपालीलाई दुःख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको डेस्क हटाउने निर्णय गरेका हुन्।मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरू बुधबार अन्तरराष्ट्रिय विमानस्थलमा गएर श्रम डेस्क हटाएका हुन्। अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम