काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. २ करोड ८३ लाखभन्दा बढी नोक्सानीमा छ । गत आवको सोही अवधिमा भने कम्पनी रू. ३ लाख १५ हजार नाफामा थियो ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र खुद फि कमिशन तथा आम्दानी घटेकाले नोक्सानीमा गएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ४० दशमलव ९९ प्रतिशत र खुद फि कमिशन ५८ दशमलव ६९ प्रतिशत घटेको छ ।
चालू आवमा कम्पनीको सञ्चालन नाफा रू. २ करोड ८३ लाख ऋणात्मक छ । कम्पनी नोक्सानी भएसँगै प्रतिशेयर आम्दानी पनि ४५ रुपैयाँ ३७ पैसा ऋणात्मक छ । गत आवको यसै अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५१ पैसा छ । चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ६० पैसा छ ।
चुक्ता पूँजी रू. २५ करोड रहेको कम्पनीले जगेडामा रू. ५ करोड ४९ लाख सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. ५ करोड ५९ लाख ऋणात्मक छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १ करोड २१ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
गत वर्ष यस अवधिसम्म रू. १ करोड २ लाखभन्दा बढी खुद नाफामा रहेको यो कम्पनी यस वर्ष भने सम्भावित जोखिम शीर्षकमा बढी रकम छुट्याउनुपरेकाले नोक्सानीमा गएको हो । गत वर्षको तुलनामा कम्पनीले यस वर्ष खराब कर्जा संकलन बढाएको छ ।
गत वर्ष रू. ७० हजार मात्र खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ९ करोड ४५ लाखभन्दा बढी खराब कर्जा उठाएको छ । गत वर्ष रू. १ करोड ७८ लाखभन्दा बढी रकम सम्भावित जोखिम शीर्षकमा छुट्याएको कम्पनीले यस वर्ष रू. ९ करोड २१ लाखभन्दा बढी रकम छुट्याएको छ । त्यसैले कम्पनी रू. १२ करोड ४२ लाखभन्दा बढी सञ्चालन घाटामा गएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनी रू. १ करोड १९ लाखभन्दा बढी सञ्चालन नाफामा रहेको थियो । गत साउनमा सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको चुक्तापूँजी रू. २५ करोड कायम भएको छ । कम्पनीको जगेडा कोष रकम भने गत वर्ष रू. ८ लाखभन्दा बढी रहेकोमा यस वर्ष बढेर रू. २ करोड १९ लाखभन्दा बढी कायम भएको छ ।
कम्पनीले यस वर्ष गत वर्षभन्दा करीब ५६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने करीब १५ प्रतिशत कर्जा सापटी लिएको छ । कम्पनीले यस वर्ष रू. १ अर्ब ४९ करोडभन्दा बढी कर्जा सापटी लिएको हो भने रू. २६ करोड ३३ लाखभन्दा बढी निक्षेप संकलन गरेको हो । कर्जा प्रवाह भने गत वर्षभन्दा यस वर्ष २६ प्रतिशत बढी रू. १ अर्ब ९१ करोड ३४ लाख भएको हो ।
निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ४५ प्रतिशत रहेकोमा यो वर्ष बढेर ४ दशमलव ६१ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर रू. ६ दशमलव ५० नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ७८ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
माघ २८, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ३८ लाख नाफा कमाएको छ ।
कम्पनी गत आवको दोस्रो त्रैमाससम्म रू. १० लाख ३७ हजार ऋणात्मक थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा सुधार आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ४३ लाख पुगेको हो ।
त्यसैगरी, गत आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. १० लाख ८९ हजार ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा सुधारिएर रू. २ करोड २० लाख धनात्मक भएको छ ।
त्यसैगरी, कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब ७३ करोड सापटी लिएर, रू. २४ करोड ६२ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ९९ करोड कर्जा लगानी गरेको हो । कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा पनि गरेको छ ।
कम्पनीले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ भने हालसम्ममा नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छैन ।
आवश्यक प्रक्रिया पूरा गरेर बोर्डमा निवेदन दिएर स्वीकति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।