अभियान लघुवित्त करीब ३८ लाख नाफामा

काठमाडौं । चालू आर्थिक वर्ष २०...

सम्बन्धित सामग्री

आईपीओ जारी गर्ने तयारीमा रहेको अभियान लघुवित्तले कमायो रू. १ करोड ३८ लाख नाफा

माघ २८, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ३८ लाख नाफा कमाएको छ ।  कम्पनी गत आवको दोस्रो त्रैमाससम्म रू. १० लाख ३७ हजार ऋणात्मक थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा सुधार आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ४३ लाख पुगेको हो ।  त्यसैगरी, गत आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. १० लाख ८९ हजार ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा सुधारिएर रू. २ करोड २० लाख धनात्मक भएको छ । त्यसैगरी, कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब ७३ करोड सापटी लिएर, रू. २४ करोड ६२ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ९९ करोड कर्जा लगानी गरेको हो । कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा पनि गरेको छ ।  कम्पनीले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ भने हालसम्ममा नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छैन ।  आवश्यक प्रक्रिया पूरा गरेर बोर्डमा निवेदन दिएर स्वीकति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।