गत नोभेम्बरमा बेलायतको ग्लास्गोमा राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी एउटा महत्त्वपूर्ण बैठकमा सहभागी हुनुअघि जी ट्वान्टी समूहका देशहरूले एउटा अर्को बैठक रोममा गरेका थिए । विश्वका प्रमुख कार्बन उत्सर्जक देशसमेत रहेको उक्त समूहको बैठकको अन्त्यमा सार्वजनिक गरिएको घोषणापत्रमा ऊर्जा सुरक्षाको विषयलाई उल्लेख्य ठाउँ दिइएको थियो ।