दुग्ध क्षेत्रमा सुनियोजित आक्रमण

कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान रहेको दुग्ध क्षेत्र यतिबेला विवादमा तानिएको छ । दूधमा कोलिफर्म, सोडा, युरियाजस्ता पदार्थ पाइएको भन्ने समाचारले एकातिर उपभोक्ता त्रसित बनेका छन् भने अर्कातिर दूध बिक्री घटेको भन्दै उद्योगले दूध लिन कम गरेपछि किसानले सडकमा दूध पोख्नेसम्मको अवस्था आएको छ ।

सम्बन्धित सामग्री

दुग्ध पदार्थको आयात रोक्न माग

चितवन । चितवनका दुग्ध उत्पादक किसानले दुग्ध पदार्थको आयात रोक्न माग गरेका छन् । भरतपुरमा जारी राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको तेस्रो साधारणसभा तथा अधिवेशनमा कृषिमन्त्री ज्वालाकुमारी साहसमक्ष उनीहरूले आयात रोकी कच्चापदार्थको मूल्य घटाउनुपर्ने माग गरेका हुन् । उपभोक्ताको हितलाई समेत ध्यानमा राख्दै कच्चापदार्थ र दानाको मूल्य घटाए आफूहरूले दूधको मूल्य वृद्धि नगर्ने समेत प्रतिबद्धता समेत उनीहरूले व्यक्त गरे । सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै समाजका केन्द्रीय अध्यक्ष आनन्द न्युरेले दूध र दुग्ध वस्तुको आयात पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिए । जिल्ला दुग्ध उत्पादक सहकारी लिमिटेड चितवनका अध्यक्ष किशोर बगालेले सरकारको नीति कार्यान्वयन फितलो भएको बताए । उनले गैरकिसानको सुविधा बन्द गर्नुपर्ने भन्दै सार्वजनिक खरीद ऐन सच्याउन समेत माग गरे । कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको समस्या समाधानका लागि सरकार तयार रहेको बताइन् । कृषि क्षेत्रमा देखिएको समस्या समाधानका लागि आयात प्रतिस्थापन गर्नुपर्ने उनको भनाइ छ । ‘आयात नियन्त्रणका लागि नाकाहरूमा प्रयोगशाला र चेकजाँचको माध्यमबाट सरकार कडाइका साथ लाग्छ,’ उनले भनिन् । कृषि क्षेत्रमा लगानी अनुसार मूल्य नपाउँदा युवाहरू विदेशिनुपरेको मन्त्री साहले बताइन् । यसको नियन्त्रणका लागि स्वदेशमै युवा लक्षित कृषि कार्यक्रम ल्याउने योजनामा सरकार रहेको उनले बताइन् । कृषि क्षेत्रमा राज्यले नेतृत्व र नियन्त्रण गर्न नसके अझै समस्या आउने उनको भनाइ छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका मन्त्री, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, समाजका सल्लाहकार भेषराज पाण्डे, समाजका प्रवक्ता हरि अधिकारी लगायतले राज्यले किसान आयोगलाई संवैधानिक आयोगको मान्यता दिँदै समस्या समाधान गर्नुपर्ने बताएका थिए  । माघ २३ गतेसम्म चल्ने अधिवेशनले चारवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमाफत प्रदेश संयोजकसहित ९९ सदस्यीय नयाँ नेतृत्व चयन गरिनेछ । ३२ जिल्लामा समाजका शाखा छन् ।

हेटौंडामा दुग्ध पाउडर प्लान्टको निर्माण कार्य अन्तिम चरणमा

हेटौंडा : वाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार रुपैयाँको सहयोगमा हेटौँडा उपमहानगरपालिका-१० न्युरेनीमा पाउडर प्लान्ट निर्माण भइरहेको हो। हाल निर्माण क्षेत्रमा मेसिनहरु जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ। प्लान्टले…

दुग्ध विकास बोर्डको उपाध्यक्ष पदका लागि आवेदन माग (सूचना)

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास बोर्डको उपाध्यक्ष पदका लागि आवेदन दिन माग गरेको छ । प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ को दफा १० को उपदफा (२) अनुसार प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष पद (१ जना) मा खुला प्रतिस्पर्धाको आधारमा पदपूर्ति गर्न सूचना जारी गरेको हो ।सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, हेटौंडाको सिफारिस समितिको सचिवालयमा सिलबन्दी आवेदन दिनका भनिएको छ । आवेदन दिनका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा १०

दुग्ध पदार्थको मूल्य बढाउने तयारी

काठमाडौं । सरकारले प्रशोधित दूध तथा दुुग्ध पदार्थको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास संस्थान, दुुग्ध विकास बोर्ड, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागको सहकार्यमा दूध तथा सम्पूर्ण दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरिएको हो । महामारीका कारण उत्पन्न असहज परिस्थितिले गर्दा पछिल्लो समय पशुचौपायालाई खुवाउने दाना, चोकर र परालको मूल्य महँगिएकाले दूध तथा दुग्ध पदार्थको उत्पादनमा किसानको लागत मूल्य दिनप्रतिदिन बढ्दै गएकाले मूल्य बढाउनुपर्ने बाध्यता आएको बताइएको छ । राष्ट्रिय दुग्ध विकास संस्थानले तोकेको मूल्यअनुसार अहिले प्रशोधित दूधको मूल्य प्रतिलिटर ७२ रुपैयाँ रहेको छ । गुणस्तर र कम्पनीअनुसार दहीको मूल्य प्रतिलिटर ९० देखि १ सय रुपैयाँसम्म छ भने घिउको मूल्य पनि गुणस्तर अनुसार ८ सयदेखि १५ सय रुपैयाँसम्म रहेको छ । राष्ट्रिय दुग्ध विकास संस्थानका सूचना अधिकृत बालक चौधरीले कति रुपैयाँ मूल्य बढाउने भन्ने बारेमा सरोकारवाला निकायका अधिकारीहरू बीचमा छलफल भइरहेको भए पनि अभैंm टुङ्गो लागि नसकेको बताए । प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म बढ्न सक्ने अनुमान रहेको उनले बताए । ‘दुग्ध पदार्थको मूल्य नबढेको ३ वर्ष भइसक्यो यस बीचमा अन्य सबै वस्तुको मूल्य बढ्यो । यसले गर्दा दूधको लागत बढेको बढ्यै भयो तर दूधको मूल्य बढेको छैन । त्यसैले मूल्य बढाउनुपर्ने अवस्था आएको हो । मूल्य बढाउँदा उपभोक्ताको क्रयशक्तिलाई समेत विचार गरिनेछ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । दूधको मूल्य नबढाएसम्म किसानले आफ्नो श्रमको मूल्य नपाउने दुग्ध उत्पादक किसानहरूले बताएका छन् । नेपालमा वार्षिक रूपमा २४ लाख मेट्रिक टन दूधको उत्पादन हुन्छ । यसमध्ये १२ देखि १७ प्रतिशत औपचारिक क्षेत्रमा आउने गरेको तथ्यांक छ । औपचारिक क्षेत्रमा विक्री हुने दूधबाट हरेक दिन ५ देखि ७ लाख रुपैयाँ शहरबाट गाउँ जाने गरेको व्यवसायीहरू बताउँछन् ।

तिलोत्तमा नगरमा उत्पादनका आधारमा दुग्ध किसानलाई अनुदान

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा  दुग्ध उत्पादनका आधारमा किसानलाई अनुदान रकम प्रदान गरेको छ। नगरपालिकाले दुग्ध सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो। उत्पादनका आधारमा अनुदान दिने...

हेटौंडा दुग्ध वितरण आयोजनाः एक वर्षमा ६० हजार लिटर घ्यू निर्यात

हेटौडा, साउन २४ । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाले ६० हजार लिटर घ्यू निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा उक्त परिमाणमा घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिएका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित आयोजनाबाट आधा लिटरको बट्टामा २०७७ […]

दुग्ध व्यवसायीलाई कोभिडको खोप उपलब्ध गराउन माग

दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदूरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोशिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।एसोशिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध क्षेत्रका मजदूर, उद्योगी तथा व्यवसायी र किसानलाई खोप दिन माग गरेको हो । “दुग्ध व्यवसाय अति संवेदनशील […]

दुग्ध क्षेत्रमा संलग्नलाई खोप दिन माग

दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदुरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध क्षेत्रका मजदूर, उद्योगी तथा व्यवसायी र किसानलाई खोप दिन माग गरेको हो । “दुग्ध व्यवसाय अति संवेदनशील अत्यावश्यक वस्तुभित्र रहेको र दैनिक जोखिम मोल्दै अग्रपङ्क्तिमा रही बजारलगायत भीडभाडमा काम गर्नुपर्ने हुन्छ ।  पहिलो प्र

दुग्ध क्षेत्रमा कोभिडको असर

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै सरकारले १६ वैशाखदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञाको कारणले बिक्री नहुँदा दुग्ध क्षेत्रमा पनि ठूलो असर पारेको छ । निषेधाज्ञाका कारण होटल, रेस्टुराँ, पार्टी प्यालेस बन्द हुँदा बजारमा दूधको खपत कम हुँदा किसानको दूध बिक्री हुन सकेको छैन । दूध बिक्री नहुँदा किसान र उद्योगी–व्यवसायीलाई प्रत्यक्ष असर परेको छ […]

उपभोक्तालाई यसरी दिन सकिन्छ स्वस्थकर दूध

कृषि प्रधान मुलुकको आर्थिक विकासमा दुग्धजन्य उपयोगको महत्त्वपूर्ण योगदान रहेको छ । विगत केही वर्षमा यस क्षेत्रमा सराहनीय विकास भएको छ । विश्वव्यापीकरण तथा दुग्ध व्यापारीकरणमा उदारीकरणको नीतिका कारण धेरै निजी क्षेत्रले दुग्ध उत्पादन, बिक्रीवितरण एवं प्रशोधनका क्षेत्रमा अग्रसरता देखाएका छन् ।स्वच्छ दूधको उपार्जनका आधारमा यसको माग निरन्तर बढिरहेको छ । तर प्रतिस्पर्धाको युगमा हामी तब मात्र अघि बढ्न सक्छौँ जब उपभोक्तालाई सर्वोत्तम स्वस्थ र स्वादिलो दूध तथा दुग्धजन्य उत्पादन उपलब्ध गराउन सक्छौँ । स्वच