कृषि प्रधान मुलुकको आर्थिक विकासमा दुग्धजन्य उपयोगको महत्त्वपूर्ण योगदान रहेको छ । विगत केही वर्षमा यस क्षेत्रमा सराहनीय विकास भएको छ । विश्वव्यापीकरण तथा दुग्ध व्यापारीकरणमा उदारीकरणको नीतिका कारण धेरै निजी क्षेत्रले दुग्ध उत्पादन, बिक्रीवितरण एवं प्रशोधनका क्षेत्रमा अग्रसरता देखाएका छन् ।स्वच्छ दूधको उपार्जनका आधारमा यसको माग निरन्तर बढिरहेको छ । तर प्रतिस्पर्धाको युगमा हामी तब मात्र अघि बढ्न सक्छौँ जब उपभोक्तालाई सर्वोत्तम स्वस्थ र स्वादिलो दूध तथा दुग्धजन्य उत्पादन उपलब्ध गराउन सक्छौँ । स्वच