तिलोत्तमा नगरमा उत्पादनका आधारमा दुग्ध किसानलाई अनुदान

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा  दुग्ध उत्पादनका आधारमा किसानलाई अनुदान रकम प्रदान गरेको छ। नगरपालिकाले दुग्ध सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो। उत्पादनका आधारमा अनुदान दिने...

सम्बन्धित सामग्री

दुग्ध किसानलाई अनुदान

रीतिका डेरी उद्योगले दूध उत्पादन गर्दै आएका झापा र इलामका किसानलाई रू ४७ लाख १८ हजार अनुदान रकम वितरण गरेको छ ।

दुग्ध किसानलाई अनुदान

काठमाडौँ,१९ माघ । बागमती प्रदेश सरकारले दुग्ध व्यवसायमा लागेका किसानलाई अनुदान दिन रु ३० करोड बजेट विनियोजन गरेको छ । http://www.adbl.gov.np कृषि तथा पशुपछी विकास मन्त्रालयले विनियोजित सो रकम दुग्ध उत्पादक सहकारी संस्थालाई दिने र सहकारीले दुग्ध किसानलाई वितरण गर्ने जनाइएको छ । मासिक एक हजार पाँच सय लिटर दूध सङ्कलन गर्ने र वार्षिक कम्तीमा […]

उत्पादनमा अनुदान, किसानमा उत्साह

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका व्यावसायिक किसान विकास पौडेलले दसैंको अघिल्लो दिन सहकारीबाट १३ हजार पाए । दैनिक ५० देखि ७० लिटर दूध विक्री गर्ने पौडेल मेहनत गरेबापत पाएको रकमले प्रफुल्लित थिए । उनीजस्तै जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध सबै व्यावसायिक किसानले दसैं खर्च हुनेगरी धेरै÷थोरै पैसा पाए । सहकारीबाट पैसा बोकेर बाहिर निस्केका सबै किसानको मुहारमा छुट्टै चमक थियो । गण्डकी प्रदेश सरकार र जैमिनी नगरपालिकाले दुग्ध उत्पादक किसानका लागि दिएको उत्पादनमा आधारित अनुदानले यस वर्ष जैमिनीका किसानले दसैं मनाएका छन् । प्रदेश सरकारले १० महीनाको प्रतिलिटर २ र जैमिनीले प्रतिलिटर १ रुपैयाँका दरले दुग्ध किसानलाई अनुदान दिएका हुन् ।      ‘उत्पादनमा आधारित अनुदानले केही राहत भयो, ढुवानीमा सरकारले साझेदारी गरिदिए हाम्रो दूधले मूल्य पाउँथ्यो,’ पौडेलले भने, ‘बाटोका कारण वर्षायाममा दूध विक्री गर्नै कठिन हुने गरेको छ ।’ जैमिनीमा रहेका ११ ओटा कृषि सहकारी, दुग्ध संकलन केन्द्र र कृषि तथा पशु फार्ममार्फत दूधको बिक्री गर्दै आएका किसानले उत्पादनमा आधारित अनुदान पाएका छन् । ‘पहिले तीन लाख लिटर दूध उत्पादन होला भन्ने आकलन भयो, सोहीअनुसारको बजेट व्यवस्था गरियो,’ जैमिनी नगरपालिका पशु शाखाका प्रमुख कृष्ण ढकालले भने, ‘वार्षिक उत्पादन भएको दूधलाई एकमुष्ट मानेर फार्म तथा सहकारीले पेश गरेको तथ्यांकका आधारमा अनुदान बाँडेका छौं ।’ ‘प्रदेशले दिएको अनुदानमा हामीले पनि थप गर्दा किसानले प्रतिलिटर  ३ रुपैयाँ पाएका छन्,’ ढकालले भने, ‘अहिले बजेट अभावका कारण वर्षभरिको दिन सकिएन, अर्काे वर्ष किसानले उत्पादन गरेको दूधमा सबैमा अनुदान पाउँछन् ।’ जैमिनीको वडा नं १ कुश्मीशेरा, २ को दमेक, ५ को बिनामारे, ४ को सर्कुवा, ७ को जैदी, ८ को छिस्ती, ९ को पैञ्युथन्थाप र १० को राङ्खानीमा किसानले व्यावसायिक दूध उत्पादन गर्दै आएका छन् । जैमिनीबाट मात्रै दैनिक एक हजार ५०० लिटरदेखि दुई हजार लिटरसम्म दूध निकासी हुने गरेको छ । रासस

दुग्ध किसानलाई दुई रुपियाँ अनुदान

निर्देशनालय कोशी प्रदेश विराटनगरले प्रति फ्याट दुई रुपियाँका दरले दुग्ध किसानलाई अनुदान दिएको हो ।