काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो राखेर दिने कर्जाको सीमा तोकेपछि शेयर बजार तरगिंत बन्यो । विस्तारै ओरालो लाग्न थालेको बजार अझै फिर्न सकेको छैन । लगानीकर्ताहरु राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमा हटाउन माग गरिरहेका छन् । लगानीकर्ताहरु यही विषयलाई लिएर आमरण अनसन पनि बसिसकेका छन् । […]