नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि आगामी बिहीबार निर्वाचन हुँदै छ । अध्यक्ष पदमा हालका उपाध्यक्ष करण चौधरी र कार्यसमिति सदस्य ध्रुव थापा प्यानलसहित उम्मेदवारी घोषणा गर्दै चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका उम्मेदवार चौधरीका चुनावी एजेन्डा, अटोमोबाइल्स क्षेत्रका मुद्दा र सहमतिको सम्भावनाबारे कान्तिपुरका लागि कृष्ण आचार्य, विमल खतिवडा र नुमा थाम्सुहाङले गरेको कुराकानीको सम्पादित अंश :