डोटीमा सीडीओ र प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या

डोटी – जिल्ला प्रशासन कार्यालय डोटीमा महिनौँसम्म पनि प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रशासकीय अधिकृत नपठाएका कारण सेवा प्रवाहमा कठिन हुँदै आएको छ । प्रमुख जिल्ला अधिकारी नहुँदा जिल्लामा विभिन्न सुरक्षासम्बन्धीका बैठक हुन सकेका छैनन् भने प्रशासकीय अधिकृत नहुँदा नागरिकता वितरणदेखि अन्य सिफारिसका काममा सेवाग्राहीलाई समस्या भएको छ । साथै प्रशासनमा तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा समस्या भएको दिपायल सिलगढी नगरपालिका ५ का बासिन्दा रामबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला प्रशासनमा नाग...

सम्बन्धित सामग्री

कर्णालीका स्थानीय तहमा कर्मचारी अभाव, सेवा प्रवाहमा समस्या

सुर्खेत– कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण  सेवा प्रवाह प्रभावित भएको छ । समयमा कर्मचारीको व्यवस्थापन नहुँदा स्थानीय तहमा कर्मचारी अभाव भएको हो । प्रदेशका कतिपय स्थानीय तहमा कर्मचारी अभाव हुँदा एक कर्मचारीले दुईवटा पालिकाको जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना भएको छ । दैलेखको भैरवी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले अहिले दुईवटा पालिकाको काम गर्दै […]

पालिकाका अधिकारीले बिदा बस्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने

काठमाण्डाै – पालिकाका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएअनुसार जिल्ला समन्वय समितिका अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतले बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट स्वीकृति गराउनुपर्ने मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले जानकारी दिनुभयो । उहाँले जानकारीविना कार्यक्षेत्र छाडेर जाँदा सेवा प्रवाहमा समस्या देखिएकाले अबदेखि मन्त्रालयको स्वीकृितविना बिदा पनि बस्न नपाइने बताउनुभयो ।&nb...

स्थानीय तहका अधिकारीले बिदा बस्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने  भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले  बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट  स्वीकृति गराउनुपर्ने  उक्त मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले जानकारी दिए ।उनले जानकारीविना कार्यक्षेत्र छाडेर जाँदा सेवा प्रवाहमा समस्या देखिएकाले अबदेखि मन्त्रालयको स्वीकृित

पैयुँ गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरू

पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले प्रशासनिक भवन निर्माणको काम शुरू गरेको छ । १८ महीनामा काम सक्नेगरी गाउँपालिकाको भवन बनाउन शुरू भएको हो । गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले आइतवार प्रशासनिक भवनको शिलान्यास गरेका छन् । उनले तोकिएको समयमै भवन निर्माणको काम पूरा हुने प्रतिबद्धता व्यक्त गरे । पैयुँ गाउँपालिका–४ हुवासस्थित भकुण्डे बगरमा भवन निर्माण शुरू गरिएको हो । लिफ्टसहित ३८ कोठाको तीनतले भवन रू. ५ करोड ४८ लाख ४८ हजार ९९० रुपैयाँ  लागतमा बन्नेछ । १२ रोपनी क्षेत्रफलमा रहने प्रशासनिक भवन निर्माणस्थलका लागि  टकलाक, त्रिवेणी र हुवासका जग्गाधनीले जग्गा निःशुल्क उपलब्ध गराएका थिए । प्रशासकीय भवन निर्माणका लागि विवेक एण्ड कुवेर बिल्डर्स वालिङ स्याङ्जाले जिम्मा पाएको छ । अध्यक्ष तिवारीले भौतिक पूर्वाधारले सुविधासम्पन्न नहुँदा गाउँपालिकाका सेवा प्रवाहमा समस्या भइरहेको भन्दै भवन बनेपछि सहज हुने बताए । गाउँपालिकाको भवनमा न्यायिक समितिको इजलास, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन, स्वास्थ्य, शिक्षा, कृषि, पशु, सहकारी, सामाजिक शाखा, प्रशासन, लगायत विषयगत शाखाका अलगअलग कक्ष रहनेछन् । प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार गाउँपालिकाको भवन मन्त्रालय शैलीमा बनाउन थालिएको हो । उनले सुविधासम्पन्न भवन निर्माण भएपछि अहिले भाडामा सञ्चालन हुँदै आएको मुख्य कार्यालय र विषयगत कार्यालय आफ्नै भवनमा स्थानान्तरण हुने बताए । अघिल्लो वर्ष मोदी गाउँपालिकाको भवन बनेर नयाँ कार्यालयमा गाउँपालिका सरेको छ । कुश्मा नगरपालिकाले जग्गा पाए पनि भवन बनाउन शुरू गरेको छैन । फलेवासको केन्द्रको विवादले भवन बन्न सकेको छैन । विहादी गाउँपालिकाले प्रशासनिक भवनको निर्माण कार्य जारी रहेको बताएको छ । महाशिला गाउँपालिकाले केन्द्र रहने स्थानको टुंगो लागे पनि भवन बनाउने प्रक्रिया शुरू गरेको छैन । भाडाका घरमा बसेका स्थानीय तहले वर्षेनि भाडामा लाखौं खर्च गर्दै आएका छन् ।

बैतडीका वडा कार्यालयमा सचिव नहुँदा कामकाज प्रभावित

बैतडी जिल्लाका धेरै गडा कार्यालयमा वडासचिव नहुँदा कामकाजमा समस्या आउने गरेको छ । सचिव नहुँदा सेवा ग्राहीलाई समस्या हुन थालेको छ । जिल्लाका ८४ मध्ये ३० वडामा सचिव छैनन । वडामा दरबन्दीअनुसारका सचिव नहुँदा कामकाज प्रभावित हुनुका साथै सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन् । सचिव नभएका वडाहरुमा प्राविधिक सहायक खटाएर सचिवको काम भइरहेको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलापती भट्टले बताए । पाटन नगरपालिकाका १० वटै वडामा दरबन्दीअनुसारका सचिव नभएका कारण प्राविधिक सहायकहरुले नै सचिवको काम गर्दै आएका छन् ।

बैतडीका ३० वडा सचिव विहीन, कामकाज प्रभावित !

बैतडी : बैतडीका स्थानीय तहमा रहेका ८४ मध्ये ३० वडामा सचिव विहीन भएको छ। वडाहरूमा दरबन्दी अनुसारका सचिव नहुँदा कामकाज प्रभावित हुनुका साथै सेवा प्रवाहमा समस्या भएको स्थानीय तहहरूले जनाएका छन्। सचिव नभएका वडाहरूमा प्राविधिक सहायक खटाएर सचिवको काम भइरहेको सुर्नया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहाद...

भोजपुर नगरपालिकाका मेयरसहित १७ जना भ्रमणमा : सेवाग्राही मर्कामा

भोजपुर - भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी कार्यालयको ठप्प पारेर साताव्यापी भ्रमण हिँडेपछि सेवा प्रवाहमा समस्या भएको छ । नगरपालिकाका मेयर कैलासकुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशासकीय अधिकृत, रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्रकुमार श्रेष्ठ, चार जना वडाध्यक्ष, प्रविधिक, कम्प्यूटर अपरेटरसहित १७ जना भ्रमण ह...

प्रशासन कार्यालयमा अधिकृत अभाव

सर्लाहीमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको अभाव खड्किएको छ। सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको अभाव भएको हो। कार्यालयमा सबैभन्दा धेरै काम र जिम्मेवारी हुने प्रशासकीय अधिकृत नै नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ।