धर्मनिरपेक्ष राज्यले धार्मिक शिक्षालयलाई बजेट दिने गरेको विषयले भारतमा बहस सिर्जना गरेको छ । भारतको इलाहाबाद उच्च अदालतले धार्मिक शिक्षामा सरकारी बजेट खर्च हुने विषयमा सरकारलाई प्रश्न गरेको हो ।
मुस्लिम धर्म बमोजिम सञ्जालन हुने मदरसामा सरकारी बजेट खर्च हुने विषय अदालतको बहसमा प्रवेश गरेको छ ।
अदालतले संविधानको अनुच्छेद २८ अनुसार मदरसाहरूले धार्मिक शिक्षा सन्देश र पूजा पद्धतिको शिक्षा दिन पाइन्छ भनेर समेत प्रश्न गरेको छ ।
अदालतले सोध्यो यस्ता प्रश्न –
१. के मदरसा अनुच्छेद २८ अनुसार धार्मिक शिक्षा दिन सक्छन् ?
...