भारतको गुजरातमा ४ अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद

भारतको गुजरातमा चार अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ । भारतीय तट रक्षकको सुरक्षा बलले गरेको संयुक्त खोजतलासका क्रममा चार अर्ब २५ करोड भारु बराबरको ६१ किलो खैरो हिरोइन बरामद गरेको बीबीसी हिन्दीले जनाएको छ । इरानबाट आएको डुङ्गामा लागुऔषध भेटिएको र पाँच जना पक्राउ परेका खबरमा उल्लेख छ । इरानबाट लागुऔषध आइरहेको गोप्य सूचनाको आधारमा सुरक्षा बलले खोजी अभियान चलाएको थियो । अहिले पक्राउ परेको गिरोह ठूलो अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्धित रहेको शङ्कामा अनुसन्धानलाई तीव्र बनाइएको बीबीसीले जनाएको...

सम्बन्धित सामग्री

एक करोड २५ लाखको गाँजासहित दुई जना पक्राउ - NepaliPatra

एजेन्सी । लागुऔषध तस्करी विरुद्धको ठूलो पछिल्लो कारबाहीमा प्रहरीले भारतको छत्तीसगढको महासमुन्ड जिल्लामा गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । उनीहरूबाट करिब १।२५ करोड रुपैयाँ बराबरको गाजा बरामद भएको छ । गाँजा ओसारपसार गरेको बारे विशेष सूचना पाएपछि प्रहरी टोलीले ट्रकलाई रोकेर खानतलासि गर्दा लागुऔषध बरामद गरेको महासमुण्डका प्रहरी उपरीक्षक (एसपी) […]