अवैध हतियार कारोवारी लुट्ने प्रहरीसहितको गिरोह पक्राउ

पर्सा : अवैध हतियार र लागुऔषध कारोवारीलाई लुटपाट गर्ने प्रहरी जवानसहित आठ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। अवैध हातहतियार र लागुऔषध पनि लुटपाट गर्ने प्रहरीसहितको गिरोहलाई आइतबार पर्सा प्रहरीले सार्वजनिक गरेको हो।अवैध हातहतियार र लागुऔषध कारोवारीलाई प्रहरी जवानसहितको लुटेरा समूहले वीरगन्जको बसपार्कस्थित मनकामना गेष्ट हाउसबाट लुटेको प्रहरीले जनाएको छ। लुटपाट गर्ने प्रहरी जवान रौतहट सखुहवा नगरपालिका–१ घर भई पर्सामा कार्यरत अवधेश प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएक