नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतलाई चेतावनी दिँदै हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले केही दिन अघिमात्र महाकाली नदीमा तुइन तर्दै गर्दा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतीय ‘एसएसबी’ को संलग्नता रहेको बताए ।‘भारतीय सीमा सुरक्षा बलका व्यक्तिहरुकै कारणबाट, तुइनको तार काटिदिएकै कारणबाट धामी महाकाली नदीमा बेपत्ता भएका हुन्,’ उनले भने, ‘म क्रुर, अमानवीय यस्तो कार्यको घोर भ