मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि शुरु भएको छ । गोपिगंज, टाँडी, धनकुटा र  काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाटबाट अनलाइन भुक्तानी गर्न मिल्ने भएको छ । यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्ने बैंकले जनाएको छ ।यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यू.आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रि