काठमाण्डौ – सानिमा बैंक लिमिटेडले आज आइतवार १८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार अहिलेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेशकुमार पोखरेल निर्वाचित हुनुभएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १९२.५१ अर्ब, कुल निक्षेप १५८.८८ अर्ब तथा खुद कर्ज...