चार ओटा वाणिज्य बैंकद्वारा लाभांश प्रस्ताव, कुन-कुन कम्पनीले कति दिने ?

असोज १५, काठमाडौं । नेप्सेमा सूचीकृत २७ ओटा वाणिज्य बैंकमध्ये ४ ओटा वाणिज्य बैंकले शेयरधनीका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । यी चार ओटा कम्पनीले गत आव २०७७/७८ को मुनाफाबाट यस वर्षका लागि शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सानिमा बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र कुमारी बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । कुमारी बैंक बाहेकका तीन ओटा कम्पनीको लाभांश अघिल्लो आवको तुलनामा बढाएका छन् । यी चार  ओटा कम्पनीमध्ये सबैभन्दा बढी सानिमा बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसैगरी माछापुच्छ्रे बैंकले १३ दशमलव ३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यी चारओटै कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । यी चार ओटा कम्पनीमध्ये सिटिजन्स बैंकले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १५औं वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस आधारमा असोज २० गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।                                                          स्रोत : कम्पनीद्वारा प्रकाशित नोटिस  

सम्बन्धित सामग्री

ओरियन्टल होटलले लाभांश प्रस्ताव गर्दै बोलायो साधारणसभा

२ असोज, काठमाडौं । ओरियन्टल होटल लिमिटेड (र्‍याडिसन) ले लाभांश घोषणा गरेको छ । होटलले कोभिडपछि पहिलो पटक सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको १ असारमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर समेत गरी उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गर्दै […]

सिक्लेस हाइड्रोपावरको लाभांश प्रस्ताव, २० चैतमा साधारणसभा आह्वान

३० फागुन, काठमाडौं । सिक्लेस हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ जारी गरेको पहिलो वर्ष नै लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई विरतण गर्ने लाभांश प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ । २९ फागुन सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव […]

सेञ्चुरी बैंकले ५ प्रतिशत लाभांश दिने

१५ मंसिर, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लाभांश ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १४ मंसिर बुधबार साँझ बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार चुक्ता पूँजी रहेको बैंकले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ […]

सोल्टी होटलले २६.३२ प्रतिशत लाभांश दिने

२ कात्तिक, काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । ३१ असोज आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको हो । प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्य रहेको कम्पनीले हाल कायम चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँको ५ प्रतिशत बोनस सेयर […]

सिटिजन्स बैंकद्वारा ९ प्रतिशत लाभांश प्रस्ताव

सिटिजन्स बैंक इन्टरनेसनलले ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बिहीबार बसेको ४०३ औं सञ्चालक समितिको बैठकले शेयर धनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को  मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४,२००,९७४,००६ को ९ प्रतिशतले हुने रु १,२७८,०८७,६६१ नगद लाभांश  दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साध

निफ्राले नगद लाभांश दिने

७ असोज, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश प्रस्ताव गरेको छ । ६ असोज (बिहीबार) बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम रहेको चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको […]

साल्ट ट्रेडिङका सेयरधनीलाई १०.५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सेयरधनीहरूलाई १०.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि मुनाफाबाट १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसमा बोनस सेयर १० प्रतिशत र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन् ।

एनसीसी बैंकको ८.४२ प्रतिशत लाभांश प्रस्ताव

एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने […]

पुनर्विमा कम्पनीले परिमार्जन गर्यो लाभांश प्रस्ताव

नेपाल पुनर्विमा कम्पनीले प्रस्तावित बोनस सेयर र नगद लाभांश परिमार्जन गरेको छ । कम्पनीले यसअघि २०७८ असार महिनामा बसेको सञ्चालक समितिको बैठकबाट १६.५० प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।कम्पनीले आफ्नो वितरण योग्य नाफा र सेयर प्रिमियमबाट चुक्ता पुँजी १० अर्ब को उक्त लाभांश प्रस्ताव गरेको थियो । तर, बीमा समितिले पत्र काटेपछि कम्पनीले आफ्नो पहिलाको लाभांश प्रस्ताव परिमार्जन गरेको जनाएको छ । समितिले पत्रमार्फत आयकर सम्पत्ति खर्च व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट

सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव पारित

सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । इन्स्योरेन्सको शुक्रबार सम्पन्न १९औं वार्षिक साधारण सभाले चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस शेयर र ३.७८९४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।कम्पनीका अध्यक्ष रतन लाल केडियाले वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६÷०७७ मा १ अर्ब ९६ करोड […]