सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित आज साँझ ६ बजेको समयमा तातो अलकत्रा बोकेको ट्याङ्करमा वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा कामदारसहित सात जना जलेर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विजय यादवले जानकारी दिए । गम्भीर घाइते चारलाई काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा रेफर गरिएको उन