काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ हेल्प डेस्क स्थापना गरेको छ। महासंघले कोरोना संक्रमितलाई सहयोग गर्न डेस्क स्थापना गरेको हो। यसैगरी, महासंघले नागरिकको जीवन रक्षाका लागि भन्दै महासंघका प्रतिनिधिहरुबीच जिम्मेवारी बाँडफाँड गरेको छ। यसको समन्वय वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन्।