पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सोमबार अपराह्न भासिएको सडकको मर्मत थालिएको छ । मर्मतका लागि मंगलबार दिउँसो २ बजेसम्म सडक बन्द गरिएको छ । मर्मतको समयमा अत्यावश्यक बाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलले जनाए ।