अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित लिपिङपुल नजिक भासिएर विगत तीन महिनादेखि अवरुद्ध सडक आजबाट सञ्चालनमा आएको छ । अविरल वर्षाले गत असार २ गतेदेखि भासिएको सडक मर्मत गरेपछि आज बिहानदेखि सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनियर गोविन्द डुमरीले जानकारी दिए ।नेपाल र चीनसँगको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको तातोपानीको उक्त सडकखण्ड लामो समयदेखि अवरुद्ध भएपछि चीनबाट सामान आयात गर्न पनि सकिएको थिएन भने राजस्व सङ्कलनमा पनि असर परेको थियो । सीमा पुलबाट दुई