स्वास्थ्य उपकरण सामग्री मन्त्रालयले तोकेको मापदण्ड बाहेक न किन्न र प्रयोग नगर्न अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सामाग्री नक्कली आउन थालेपछि गुणस्तर परिक्षण गर्ने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले उपचार सामग्री मन्त्रालयले तोकेको मापदण्ड हेरेरमात्र किन्न र प्रयोग गर्न अनुरोध गरेका छन् । उपकरण सामग्री सहयोग लिंदा तोकिएको मापदण्ड भित्र परेको मात्र लिने नीति बनाएको डा. अधिकारीले बताए । चीनबाट आएका स्वास्थ्य सामाग्रीमा गुणस्तर कम भएको पाइएको छ ।