दोस्रोपटक सिलिन्डर लिन चीन जाँदै वाइडबडी

काठमाडौं। दोस्रो लटको स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी विमान आज चीन जाने भएको छ। चीन सरकारले सहयोगस्वरुप दिने स्वास्थ्य सामाग्री लिन वाइडबडी आज साँझ बेइजिङ जाने भएको हो। वाइडबडीले चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र ४०० थान कन्सन्ट्रेटर लिएर आउनेछ। यसअघि वाइडबडीले वैशाख २८ गते ४०० सिलिन्डर, १७० कन्सन्ट्रेटर र १० भेन्टिलेटर ल्याएको थियो।