प्रदेश १ प्रदेशसभाको अधिवेशन सुरु

विराटनगर । प्रदेश १ दोस्रो प्रदेशसभाको प्रथम अधिवेशन आजदेखि सुरु भएको छ । आजको बैठकमा प्रदेशसभाका सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बैठक बसेको हो ।  आजको बैठकमा प्रदेश नं. १ प्रदेश

सम्बन्धित सामग्री

शुरु भयो सातै प्रदेशसभाको अधिवेशन, यस्तो छ सरकार गठनको तानातान

काठमाडौं : प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन शुरु भएको छ। प्रदेश १ को आइतबार र अन्य ६ वटा प्रदेशसभाको अधिवेशन सोमबार शुरु भएको हो। पहिलो बैठक आइतबार बसेको प्रदेशसभा १ को दोस्रो बैठक यही पुस २५ गतेका लागि बोलाइएको छ। नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको एक साताको समय पुस २४ गते आइतबार बेलुका ५ बजे सकिँदै छ। नेपालको संविधानको धारा १६८ को उपधारा १ अनुसार कुनै पनि दलको एकल बहुमत नआएकाले उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूक

प्रदेश १ को अधिवेशन १७ पुसमा बोलाइयो

१२ पुस, विराटनगर । प्रदेश १ को पहिलो अधिवेशन १७ पुसका लागि बोलाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले १७ पुसको दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । ४ मंसिरको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए । नयाँ सांसदको सपथ ग्रहणपछि प्रदेश १ सरकारले सोमबार नै […]

प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल : ३११ वटा बैठक, ३६४ घण्टा छलफल

प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल लगभग सकिएको छ । प्रदेशसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएसँगै अप्रत्याशित कुनै घटना नभए अब प्रदेशसभाको यो कार्यकालमा अर्को बैठक बस्ने छैन ।आगामी मंसिर ४ गतेपछिको निर्वाचनबाट निर्वाचित सांसदसहित अब प्रदेशसभाको बैठक बस्ने छ । प्रदेशसभाको अधिवेशन अन्त्यसँगै सभामुख प्रदीपकुमार भण्डारीले सांसदहरुका लागि सामान्य चियापान आयोजना गरे । सांसदहरुले प्रदेशसभा भवनभित्रै फोटो सेसन पनि गरे ।चियापानका क्रममा सभामुख भण्डारीले भने, ‘यो कार्यकालको बैठक लगभ

प्रदेश १ को बजेट अधिवेशन जेठ १६ देखि शुरू हुने

विराटनगर (अस) । प्रदेश १ प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन जेठ १६ गते सोमवारका लागि आह्वान गरिएको छ । मंगलवार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति प्रकाशित गर्दै प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको जानकारी दिएको हो । जेठ ९ गते अपराह्न बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिश बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् । आउँदो सोमवारदेखि शुरू हुने प्रदेशसभा बैठकमा प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरी छलफल गर्ने र पूर्व बजेट छलफल गर्ने बताइएको छ । प्रदेशसभामा प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८, प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७८ छलफलका क्रममा छन् ।

प्रदेश १ को बजेट अधिवेशन आह्वान

विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले जेठ १६ का लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश मन्त्रिपरिषद्को जेठ ९ गते बसेको बैठकले प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश १ को प्रदेशसभा जेठ १६ गते विहान ११ बजे बस्नेछ ।

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दसैँपछि मात्र विश्वासको मत लिने

काठमाडौं, २२ असोज । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दशैँपछि मात्र विश्वासको मत लिने प्रस्ताव राखेका छन् । आज (शुक्रबार) बसेको एमाले संसदीय दलको बैठकमा आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने प्रस्ताव गरेका हुन् । बिहीबारबाट सुरु भएको प्रदेशसभाको अधिवेशन अगाडि सो प्रस्ताव पेश भएको हो । विश्वासको मत लिनका लागि असोज २४ […]

असोज २२ गते प्रदेश १ को अधिवेशन आह्वान

बिराटनगर । प्रदेश १ सरकारले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले असोज २२ गतेका लागि अधिवेशन बोलाउन सिफारिस गरेको हो । असोज २२ गते शुरु हुने प्रदेशसभामा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य […]

मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेश १ को प्रदेशसभा बैठक बोलाउने निर्णय

प्रदेश १ सरकारले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  बुधबार बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो ।नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएपनि सोही प्रयोजनका लागि बैठक बोलाइएको हो ।संविधानअनुसार सत्तारुढ दल विभाजन भएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।  प्रदेशसभा सभामा भदौ २५ गते शुक्रबार संसदीय दल विभाजन

‘मुख्यमन्त्रीले प्रदेश नामाकरणको अवसर गुमाए’

१ भदौ, विराटनगर । प्रदेशको नामांकनको प्रस्ताव नै नल्याई प्रदेशसभाको अधिवेशन अन्त्य गरिएपछि प्रदेश १ का विपक्षी दलहरुले मुख्यमन्त्री शेरधन राईले महत्वपूर्ण अवसर गुमाएको टिप्पणी गरेका छन् । उनले गत जेठ ३० गते बजेट अधिवेशन शुरु भएपछि नामांकन पनि यही अधिवेशनबाट टुंग्याउने बताएका थिए । प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकिए पनि नामाकरण भने […]

प्रदेश १ : प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस, नामकरणको विषय फेरि ओझेलमा

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नामकरण टुङ्ग्याउन प्रस्ताव राखे पनि अन्ततः त्यस सम्बन्धमा प्रक्रिया नै अघि नबढाइ प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ । प्रदेश १ सरकारले सोमबार मन्त्रिपरिषदको बैठकमार्फत प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन साउन ३२ गते राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । योसँगै प्रदेशको नामकरणको चर्चा पनि सेलाउन पुगेको छ ।प्रदेश सरकारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रदेशको नामकरणको विषय